लेखापढी व्यवसायी परीक्षा २०८० मा सोधिएका प्रश्नहरूको संगालो ( स्याङ्जा जिल्ला अदालत ) - Lekhaapadhi Questions - DR Kaphle

Breaking

Saturday, December 16, 2023

लेखापढी व्यवसायी परीक्षा २०८० मा सोधिएका प्रश्नहरूको संगालो ( स्याङ्जा जिल्ला अदालत ) - Lekhaapadhi Questions


२०८० साल मङ्सिर ३० गते स्याङ्जा जिल्ला अदालतद्वारा सोधिएका प्रश्नहरुको संगालो संगालो  : 

१. अचल सम्पत्ती भन्नाले के बुझिन्छ ? अचल सम्पत्तीको हक हस्तान्तरण कसरी गरिन्छ ?


अथवा


(१०)


तारेख भन्नाले के बुझिन्छ ? गुजेको तारेख थमाउन स्याङ्जा जिल्ला अदालतमा दिईने निवेदनको ढाँचा तयार गर्नुहोस् ।


(१०)


२. विवाह दर्ता र दर्ताद्वारा विवाहमा के फरक छ ? विवाह दर्ता र दर्ताद्वारा विवाह कुन-कुन निकायले गर्दछ ? सो को सामान्य प्रकृया बारे उल्लेख गर्नुहोस् ।


(१०)


३. लेखापढी व्यवसायी नियमावली, २०५१ बमोजिम लेखापढी व्यवसायीले पालना गर्नुपर्ने मुख्य मुख्य आचार संहिताहरू उल्लेख गर्नुहोस् ।


(१०)


४. नेपालको संविधानका मुख्य विशेषताहरू उल्लेख गर्नुहोस् ।


(१०)


५. कुनै काल्पनिक लेनदेन व्यवहारको बिषय उल्लेख गर्दै कपाली तमसुकको मस्यौदा तयार गर्नुहोस् ।


(१०)


अथवा


कुनै काल्पनिक पात्र खडा गरी अचल सम्पत्तीको खरिद बिकी सम्बन्धि गरिने बैनापट्टा लिखतको मस्यौदा तयार गर्नुहोस् ।


(१०)


जाहेरी दरखास्त भन्नाले के बुझिन्छ ? जाहेरी दरखास्त दिदा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गर्नुहोस् ।


(१०)


७. कुनैपनि सरकारी कार्यालय तथा अदालतमा दिईने निवेदन वा पेश गर्नुपर्ने लिखत तयार गर्दा ध्यान दिनुपर्ने कुराको बुँदाहरू प्रस्तुत गर्नुहोस् ।


(१०)


८. वारेसनामा कति प्रकारका हुन्छन् ? साधारण वारेसनामाको मस्यौदा तयार गर्नुहोस् ।


अयवा


कुनै २ वटा विषयमा टिप्पणी लेखुहोस् ।


(१०)


क. मुलुकी देवानी संहिता, २०७४


ख. मेलमिलाप र मिलापत्र


ग. रोका र फुकुवा


घ. स्थानीय निकायमा कुनै विषयमा दिईने निवेदन


(५+५=१०)


समाप्त

No comments:

Post a Comment