शिक्षक सेवा आयोगको अध्यापन अनुमतिपत्रको विज्ञापन - पुरा जानकारी (Teachers License) - TSC License - DR Kaphle

Breaking

Tuesday, April 12, 2022

शिक्षक सेवा आयोगको अध्यापन अनुमतिपत्रको विज्ञापन - पुरा जानकारी (Teachers License) - TSC License

 

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको फारम खुलाएको छ । 

आयिगले मा वि तहको लाइसेन्स परीक फारम खुलाएको हो । सुचना जारी गर्दै आयोगले भनेको छ : 

"शिक्षक सेवा आयोगको मिति २०७८/१२/२९ गतेको निर्णयानुसार शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट मिति २०७८।१२।३० गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली http://license.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरणहरू भरी नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमुना, न्यूनतम योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र Scan गरी तोकिएको दस्तुर तिरी मिति २०७९ वैशाख २९ गतेसम्म दरखास्त पेस गर्नुपर्नेछ । दोव्वर दस्तुरको हकमा मिति २०७९/०२/०५ गतेभित्र दरखास्त भरी पेस गर्नुपर्नेछ। म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारबाही हुनेछैन । दरखास्तमा उल्लेख गरेको विवरण र पेस गरिएका कागजातका सम्वन्धमा उम्मेदवार स्वयं जवाफदेही हुनुपर्नेछ । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np/ डाउनलोड /सूचना/विज्ञापन Tab बाट प्राप्त गर्न र हेर्न सकिनेछ ।"



No comments:

Post a Comment