लोकसेवा आयोग तयारि वस्तुगत प्रश्न उत्तर , सामान्यज्ञान - Loksewa GK - DR Kaphle

Breaking

Tuesday, February 8, 2022

लोकसेवा आयोग तयारि वस्तुगत प्रश्न उत्तर , सामान्यज्ञान - Loksewa GK


 ✍सन् २०२१ को बालोन डि’अर अवार्ड जित्न सफल फुटबलर को हुन् ?

↪ लियोनल मेसी


✍हाल विश्वकै सबैभन्दा अग्ली महिलाका रूपमा गिनिज बुकमा वल्र्ड रेकडर्स राख्न सफल महिला को हुन् ?

↪रुमेस्या गेल्गी


✍ बेलायतको लन्डनबाट प्रकाशित हुने प्रशिद्ध म्यागजिन द बैङ्करद्वारा प्रदान गरिएको ‘द बैङ्कर अफ द इयर एसिया २०२१’बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?

↪ एनएमबी बैङ्क


✍१२औँ राष्ट्रिय जनगणनाको नारा के रहेको छ ?

↪ मेरो गणना, मेरो सहभागिता


✍ इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डराइजेसन (आईएसओ)बाट आईएसओ २७००१ः२०१३ मापदण्डको प्रमाणपत्र पाउने नेपाली बैङ्क कुन हो ?

↪ एनआईसी एसिया बैङ्क


✍ रामेछाप र ओखलढुङ्गाको सीमामा बग्ने लिखु नदीमा निर्मित लिखु–४ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

↪ ५२.४ मे.वा.


✍२०६८ को जनगणनाअनुसार भोटबर्मेली भाषा परिवारअन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?

↪ तामाङ


✍ ‘व्यवसायका दुई भाग छन : बजारीकरण र नवप्रवर्तन’ भन्ने भनाइ कसको हो ?

↪ पिटर ड्रकर


✍प्रशासकीय अदालत ऐन, २०७६ अनुसार सर्वोच्च अदालत वा प्रशासकीय अदालतमा परेको पुनरावेदनको टुङ्गो नलाग्दै पुनरावेदन दिने व्यक्ति सेवाबाट अवकाश भएमा वा निजको मृत्यु भएमा सो पुनरावेदनसम्बन्धमा के व्यवस्था रहेको छ ?

↪ पुनरावेदन खारेज नहुने 


✍‘फ्रम थर्ड वल्र्ड टु फस्ट’ नामक कृतिका लेखक को हुन् ?

↪ ली क्वान यु


✍ नेपाललाई कहिलेसम्ममा डिजिटल नेपाल बनाउने घोषणा गरिएको छ ?

↪ सन् २०२५


✍प्रदेश–१ ले तय गरेको प्रादेशिक मूल नारा के हो ?

↪स्वच्छ, सुखी र समुन्नत प्रदेश


✍लेखनाथ पौडेललाई कवि शिरोमणिको उपाधि कहिले प्रदान गरिएको हो ?

↪ वि.सं. २००८


✍पुरादित्य गढी महोत्तरी जिल्लामा पर्छ भने दुगुनागढी कहाँ पर्छ ?

↪ सिन्धुपाल्चोक


✍ विश्वको कुन घटनापश्चात् सरकार र निजी क्षेत्रबीच साझेदारी हुनुपर्ने कुरामा जोड दिन थालियो ?

↪ सन् १९३० को आर्थिक मन्दी


✍ ‘अति महìवाकाङ्क्षाले देवतालाई पनि पतन गराउँछ’ भन्ने विचारक को हुन् ?

↪ शेक्सपियर


✍नागरिक लगानी कोषद्वारा सञ्चालनमा ल्याइएको नागरिक पेन्सन योजनाअनुसार पेन्सन पाउनका लागि बचतकर्ताले सामान्यतया कति वर्षसम्म रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ?

↪ १५ वर्ष


✍ तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ कहिले जारी गरिएको हो ?

↪ वि.सं. २०७७ आश्विन १२


✍ नेपालमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने पहिलो बैङ्क कुन हो ?

↪ नबिल बैङ्क


✍लोकसेवा आयोगले कहिलेबाट लागू हुने गरी अप्राविधिकतर्फका राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) र द्वितीय श्रेणी (खरिदार) पदका लागि प्रवेश परीक्षाको व्यवस्था गरेको हो ?

↪ आ.व. २०७२÷७३


✍वाल्टर स्कटलाई चिनिन्छ भने ‘अङ्कल हो’ भनी कसलाई चिनिन्छ ?

↪ हो चि मिन्ह 


✍मुलुकबाट सबै प्रकारका बालश्रम अन्त्य गरी बालश्रमरहित राष्ट्र बनाउने उद्देश्यअनुरूप बालश्रम निवारण राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) कहिलेदेखि लागू गरिएको छ ?

↪ वि.सं. २०७५ श्रावण १


✍ मुलुकबाट सबै प्रकारका बालश्रम अन्त्य गरी बालश्रमरहित राष्ट्र बनाउने उद्देश्यअनुरूप बालश्रम निवारण राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) कहिलेदेखि लागू गरिएको छ ?

↪ वि.सं. २०७५ श्रावण १


✍केन्द्रीय तथ्याङ्क विभागद्वारा पहिलो पटक गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार जागिरेका रूपमा कार्यरत कर्मचारीको औसत मासिक तलब कति रहेको छ ?

↪ रु. २०,५४३


✍नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘अमरकोश’को प्रथम संस्करण कहिले प्रकाशित भएको हो ?

↪ वि.सं. २०२६


✍पछिल्लोपटक प्रकाशित एक प्रतिवेदनअनुसार सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको राष्ट्र कुन हो ?

↪ चीन


✍सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा इन्टरनेटबाट अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन एवं प्रसारणमा बन्देज कहिले लगाइएको हो ?

↪ वि.सं. २०७५ आश्विन ५


✍नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो कति क्षेत्रफलमा फैलिएको छ ?

↪ ३५५५ व.कि.मि.

No comments:

Post a Comment