स्वस्थानी व्रत कथा भाग - २ (Swasthani wrata katha Part- 2) - DR Kaphle

Breaking

Tuesday, January 18, 2022

स्वस्थानी व्रत कथा भाग - २ (Swasthani wrata katha Part- 2)

 


स्वस्थानी व्रत कथा दोश्रो अध्याय 

दिक्पाल उपाख्यान -


हे मुने ! अघि यो संसार जलमय छँदा विष्णु भगवान्‌का नाभिबाट सहस्रदल कमल उत्पन्न भयो । त्यस कमलमा बसी ब्रह्मा सृष्टि गर्ने विचार गर्दै थिए, त्यही अवसरमा विष्णु भगवान्‌को काजेगुजीबाट अत्यन्त पराक्रमी मधु र कैटभ नामका दुई वीर उत्पन्न भए । ती दैत्यले जलमय संसरमा कहाँ के छ भनी घुम्दा ब्रह्मा बसेको स्थानमा पुगी कमलको डाँठ समातेर माथि गई हेर्दा ब्रह्माजीलाई देखे र उनलाई खसाल्न तयार भए । त्यो देखेर डराएका ब्रह्माले योगमायाको आराधना गरे । योगमाया प्रकट भएपछि ब्रह्माले 'हे इश्वरी ! विष्णुलाई जागा गराइदिनुहवस्' भने र उनले ब्रह्माको कष्ट बुझी विष्णु भगवान्लाई जागा गराइदिइन् । भगवान् जागा भएर हेर्दा ती मधु र कैटभलाई देखी तत्काल युद्ध गर्न अघि सरे । दिव्य पाँच हजार वर्षसम्म जलमा युद्ध भयो, तर हार-जीत हुन सकेन । अनि विष्णुले 'हे दानव हो ! तिमीहरू पराक्रमी रहेछौ, म • प्रसन्न भएँ, इच्छा भएको वर माँग' भन्दा अहंकारी मधु र कैटभले भने- 'हे विष्णु ! यस युद्धमा | हाम्रो जीत भयो ! तिमी हार्नेले के दिन सक्छौ ? बरु तिमीलाई इच्छा लागेको वर हामीसँग माँग ।' दैत्यहरूको त्यस्तो अभिमानपूर्ण कुरा सुनी विष्णुले भन्नुभयो- 'पहिले वाचा गर, अनि म वर माँग्दछु ।' अनि दानवले - 'तिमीले जे माँगे पनि अवश्य दिनेछौँ' भन्ने वाचा गरेपछि विष्णु भगवान्ले- 'अरू वर के माँगूँ, तिमी दुवैलाई म मार्दछु, मेरा हातबाट मर' भनेको सुनी मधु र कैटभले भने- 'हे विष्णु ! तिमी छली रहेछौ, कपट गरेर वर माँग्यौ, वाचा हारेको हुनाले विष्णु भगवान्ले मधुकैटभलाई मारेको हामी दिन्छौं ।' अब के गर्ने भनी विचार गर्दा सारा संसार जलमय देखी भने- 'हे विष्णु ! हामीलाई जल नभएको स्थानमा मार । दैत्यका त्यस्ता कुरा सुनी विष्णुले आफ्नू काखामा राखेर सजिलैसित दुवैलाई मारे। तिनै दैत्यको बोसो शीतकालमा तुषारोले पानी जमे झैँ समुद्रको जलमा - जमेर पृथ्वी भइन् । मासुले पर्वत र हाड़ले पत्थर भयो । त्यो देखेर ब्रह्माले संसार सृष्टि गर्न भनी पहिले चौध भुवन सृष्टि गरे । कुन-कुन भने १- भूर्लोक, २- भुवर्लोक, ३ स्वर्लोक, ४ - महर्लोक, ५ जनलोक, ६ तपोलोक, ७ - - सत्यलोक । यी माथिका र १ अतल, २ - वितल, ३- सुतल, ४ तलातल, ५ महातल, - ६- रसातल, ७- पाताल । यति तलका जम्मा चतुर्दश भुवन र द्वीप सृष्टि गरे । कुन-कुन भने १- जम्बूद्वीप, २ प्लक्षद्वीप, ३- शाल्मलीद्वीप, ४- कुशद्वीप, ५- क्रौंचद्वीप, ६- शाकद्वीप, ७- पुष्करद्वीप। त्यसपछि सात समुद्र सृष्टि गरे - - १- क्षारोद समुद्र, २- सुरोद समुद्र, ३- इक्षुरसोद समुद्र, ४- घृतोद समुद्र, ५- दधिमण्डोद समुद्र, ६- क्षीरोद समुद्र, ७- शुद्धोद समुद्र । जम्बूद्वीप क्षारोद समुद्रले वेष्टित छ, त्यहाँ अग्नीध्र राजा राज्य गर्दछन् । प्लक्षद्वीप इक्षुरसोद समुद्रले वेष्टित छ, त्यहाँ इध्मजिह्व राजा राज्य गर्दछन् । शाल्मलीद्वीप सुरोद समुद्रले वेष्टित छ, त्यहाँ यज्ञबाहु राजा छन् । कुशद्वीप घृतोद समुद्रले वेष्टित छ, त्यहाँ हिरण्यरेता राजा छन् । क्रौंचद्वीप क्षीरोद समुद्रले बेरिएको छ, त्यहाँ धृतपृष्ठ राजा छन् । शाकद्वीप दधिमण्डोद समुद्रले बेरिएको छ, त्यहाँ मेधातिथि राजा राज्य गर्दछन् । पुष्करद्वीप शुद्धोद समुद्रले वेष्टित छ, त्यहाँ वीतिहोत्र राजा राज्य गर्दछन् । जम्बूद्वीपको विस्तार चार लाख कोश छ । यसको आकार कमलगट्टा जस्तै छ । यसमा नौ-नौ हजार योजनका नौ खण्ड छन् । यस प्रकार सृष्टि गरिसकी अष्ट पर्वत सृष्टि गरे । कुन-कुन भने १- सुमेरु पर्वत, २- गन्धमादन पर्वत, ३- कैलास पर्वत, ४- हिमालय पर्वत, ५- त्रिकूट पर्वत, ६- चित्रकूट पर्वत, ७ चन्द्रान्तक पर्वत, ८ - चन्द्रकूट पर्वत । त्यसपछि प्राणी सृष्टि गरूँ भनेर महादेवको तपस्या गरे । दिव्य बाह्र हजार वर्ष कठोर तपस्या गरेपछि महादेव प्रकट भएर-ब्रह्मन् ! तिम्रो तपस्याले म प्रसन्न भएँ, वर माँग भन्ने आज्ञा भएको सुनी ब्रह्माले अनेक उपचारले शिवको पूजा गरी स्तुति गर्न लागे- 'हे ईश्वर ! आफैंले अनेक ब्रह्माण्डको रचना गरी आफ्नै मायामा भुलिरहेका यस्ता हजुरलाई कोटि-कोटि नमस्कार । एक मूर्तिबाट तीन मूर्ति ब्रह्मा, विष्णु, शिव भइरहेका यस्ता हजुरलाई कोटि-कोटि नमस्कार । हे ईश्वर ! हजुरको महिमा वर्णन गर्न शेष र शारदाले पनि नसकेको म कसरी समर्थ हुनेछु ? हजुरको कृपाले द्वीप, समुद्र, पर्वत सृष्टि गरेँ । अब प्राणी सृष्टि गर्न सकूँ, यही वर दिनुहवस्' भनी बिन्ती गरे । ब्रह्माजीको प्रार्थना र आग्रह बुझी महादेवले आज्ञा भयो- 'हे ब्रह्मन् ! तिमी प्राणी सृष्टि गर्न सके' भनी वरदान दिनुभयो । अनि ब्रह्माले महादेव लाई दण्डवत् गरी प्राणी सृष्टि गर्न सुमेरु पर्वतमा गए । पहिले शिवलोक, विष्णुलोक, ब्रह्मलोक, उमालोक, स्कन्दलोक र अरू अनेक लोक सृष्टि गरे । तिनमा सबभन्दा माथि सत्यलोक सृष्टि गरे । अनि सुमेरु पर्वतको पूर्व दिशामा अमरावती, आग्नेय कोणमा शुद्धावती, दक्षिण दिशामा यमपुरी, नैर्ऋत्य कोणमा कृष्णावती, पश्चिम दिशामा श्रद्धावती, ईशान कोणमा यशोवती नामका पुरीहरू रचना गरे । त्यसपछि स्थावर जंगम सृष्टि गरे । - अनि प्राणी सृष्टि गर्ने इच्छा भयो र मनले चिताउनासाथ कश्यप प्रभृति एक सय ऋषि सृष्टि भए । त्यति सुनेर अगस्त्य मुनिले सोधे- 'हे कुमारजी! हजुरको वचनरूपी अमृत मेरो कानरूपी जिब्रोले बराबर पिउन माग्दै छ । अब देव, दानव, पशु-पक्षी, मनुष्य कसरी सृष्टि भए ? त्यो सुन्ने इच्छा छ।' मुनिको इच्छा जानेर कुमारजी आज्ञा गर्नुहुन्छ- 'हे मुने ! कश्यप ऋषिका १ अदिति, २- दिति, ३ दनु, ४ कारा, ५ - घोरा, ६- सिंहिका, ७- क्रोधा, ८ - प्राधा, ९- बलिष्ठा, १० विनता, ११- कपिला, १२- कद्रू र १३- मनु यस्ता स्त्रीहरू थिए । अतः दितिका गर्भबाट हिरण्यकशिपु आदि दैत्य जन्मे । अदितिका गर्भबाट चन्द्र-सूर्य आदि तेत्तीस कोटि देवताहरू जन्मे । दनुका गर्भबाट दानवहरू जन्मे। कारा-घोराका गर्भबाट गन्धर्वहरू जन्मे । सिंहिकाको गर्भबाट राहु जन्म्यो । प्राधाका गर्भबाट उर्वशी आदि अप्सराहरू जन्मे। क्रोधाका गर्भबाट क्रोध जन्म्यो । मनुका गर्भबाट ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र यी चार थरी मनुष्य जन्मे । बलिष्ठा र विनताका गर्भबाट अरुण, गरुड़, सम्पाती, मयूर, कोकिल, चखेवा, जीवञ्जीव, मुनियाँ, धोबिनी, राजहंस आदि पक्षीहरू जन्मे। कपिलाका गर्भबाट कामधेनु, सिंह, शार्दूल, बाघ, हात्ती घोड़ा, मृग, जरायो, गैंड़ा, खरायो आदि पशुहरू जन्मे । कद्रूका गर्भबाट शेषनाग, अनन्तनाग, अधिपति र पूर्वदिशाको दिक्पाल बनाई पठाए । फेरि यौटाले गई उसै गरी तपस्या गर्दा महादेव प्रसन्न भएर अग्नि नाम राखी अग्निकोणको दिक्पाल बनाई शुद्धावतीको अधिपति गराई पठाए । फेरि अर्कोले गई त्यसै गरी तपस्या गरे । महादेव प्रसन्न भई 'यम' नाम राखी दक्षिण दिशाको दिक्पाल बनाई यमपुरीको अधिपति गराई पठाए । फेरि यौटाले गई त्यसै गरी तपस्या गरे । महादेव खुशी भई निति नाम राखी नैर्ऋत्य कोणको दिक्पाल र कृष्णावतीको अधिपति गराई पठाए । फेरि अर्कोले गई त्यसै गरी तपस्या गरे । महादेव प्रसन्न भई 'वरुण' नाम राखी पश्चिम दिशाको दिक्पाल र श्रद्धावतीको अधिपति गराई पठाए । फेरि उनञ्चास वायुले गई त्यसै गरी तपस्या गरे । महादेव प्रसन्न भई वरदान माँग भन्दा ती वायुले 'हामी उनञ्चासै जना एक हुन सकौं र हामीलाई कोही नदेखून केवल शब्द मात्र सुनून्, बलमा पनि कसैले जित्न नसकून् भनी माँग्दा महादेवले 'तथास्तु' भनी वरदान दिएर वायु नाम राखी वायव्य कोणको अधिपति गराई पठाए । फेरि यौटाले गई त्यसै गरी तपस्या गरे । महादेव खुशी भई कुबेर नाम राखी उत्तर दिशाको दिक्पाल र अलकापुरीको अधिपति गराई पठाए । फेरि यौटाले गई त्यसै गरी तपस्या गरे । महादेव प्रसन्न भई विश्वकर्मा नाम राखी। ईशान कोणको दिक्पाल र यशोवतीको अधिपति बनाई पठाए। हे मुने ! यति दिक्पाल भएको कुरा कहें, अब के सुन्ने इच्छा छ ? भन । कुमारको यस्तो वचन सुनी अगस्त्य मुनि भन्नु हुन्छ- 'महादेव र सतीदेवीको विवाह भएको र सतीदेवी मर्दा उत्पात भएको, फेरि सतीदेवी महादेवकी पत्नी कसरी भइन् र कस्तो कारण परेर उनको मृत्यु भयो ?' यो सबै विस्तारले आज्ञा हवस् भन्दा मुनिको यस्तो इच्छा जानी प्रसन्न भएका कुमारजीले यो कुरा तेस्रो अध्यायमा - वर्णन गर्नेछु भन्नुभयो ।


।। इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमार अगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या व्रतकथायां दिक्पालवर्णनं नाम द्वितीयोऽध्यायः ॥२॥

स्वस्थानी व्रत कथा भाग १ पढ्न यहाँ click गर्नुहोला !

No comments:

Post a Comment