६ महिनापछि यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमतिपत्रको आवेदन खुलाएको छ ।
कोरोनाको दोश्रो लहर सङै बन्द भएको आवेदन प्रणाली सोमबमार रातिबाट खुला भएको हो ।
दैनिक रुपमा कोटाअनुसार भोलिपल्टको भिजिट मिति दिने तयारी रहेको बिभागले जनाएको छ ।
त्यस्तै नयाँ निर्देशिका अनुसार आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिने समेत बिभागले जनाएको छ ।
लिखित परिक्षामा प्रश्नको अंकभार सय नम्बरको हुनेछ भने लिखित ४/४ नम्बरका २५ वटा प्रश्न सोधिने छ । जसमा ६० अंक अनिवार्य ल्याउने पर्ने छ ।
No comments:
Post a Comment