पानीपुरी कहाँबाट आयो ?
पानीपुरी भारतको मगध क्षेत्रबाट सुरुवात भएको हो। यहाँको दक्षिणी भूभाग बिहारको नामबाट चिन्ने गरिन्छ भने यसलाई फुल्की समेत भनेर भन्ने गरिन्छ। सर्वप्रथम यहीबाट पानी पुरी बनाइएको थियो।
चिज एउटै, नाम फरक
पानीपुरी चर्चित हुँदै गएपछि विश्वभर यसलाई फरकफरक नामाकरण पनि हुनपुग्यो। यसलाई कुनै ठाउँमा गोलगप्पाको नामबाट चिनिन्छ भने कही ठाउँमा पानीपतासेको नामबाट । कतै पानीपुरीलाई खाली पकौडाको नामबाट पनि चिचिन्छ भने कहीँ वादिस्ट चाट व्यञ्जनको नामबाट चिनिन्छ । पानीपुरी खाँदा मानिसको जिब्रोमा स्वादको मज्जा भरिदिनुका साथै खाउ खाऊ लाग्ने बानीको विकास समेत गरिदिन्छ ।
पानीपुरीलाई सही ढंगबाट बनाएर खाएमा यसले शरीरलाई एसीडिटीबाट राहत दिलाउँछ भने मुडलाई फ्रेस बनाउँछ । एक अनुसन्धानले पानीपुरी पुरै क्यालोरी फूड भएको बताइएको छ। यसको एक प्लेट पानीपुरीमा चार वटा पीस हुने गरेको छ भने त्यसमा करिब १ सय क्यालोरी हुने गर्छ। तर, मानिसहरु एकै पटक धेरै खाएर शरीरलाई अस्वस्थ बनाइरहेका हुन्छन्। किनकी यो एक प्रकारको जंक फूड पनि हो। एजेन्सीको सहयोगमा
No comments:
Post a Comment