अमेरिकी राष्ट्रपति चुनाव आज: राष्ट्रपति ट्रम्प र बाइडनबीच प्रतिस्पर्धा - US official political race today: Competition between President Trump and Biden - DR Kaphle

Breaking

Monday, November 2, 2020

अमेरिकी राष्ट्रपति चुनाव आज: राष्ट्रपति ट्रम्प र बाइडनबीच प्रतिस्पर्धा - US official political race today: Competition between President Trump and Biden

 अमेरिकी राष्ट्रपति चुनाव आज: राष्ट्रपति ट्रम्प र बाइडनबीच प्रतिस्पर्धा - US official political race today: Competition between President Trump and Biden 

कार्तिक १८, विश्वव्यापी कोरोना संकटकै बीच अमेरिकामा आज राष्ट्रपति चुनाव हुँदैछ । चुनावी मैदानमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनबीच प्रतिस्पर्धा हुँदैछ । यो चुनावले अमेरिकामा ५८ औं राष्ट्रपति छान्नेछ । 

चुनावअघि भएका विभिन्न सर्वेक्षणले बाइडनको पक्षमा बलियो मत देखिन्छ । सर्वेक्षणको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार बाइडन ट्रम्पभन्दा झण्डै १० प्रतिशत मतले अगाडि छन् । ​ 

एनबीसी न्यूज र वालस्ट्रिटले चुनावको दुई दिन अघि

गरेका सर्वेक्षणले 

बाइडेन ५२ र ट्रम्पको पक्षमा ४२ मत खस्ने रिपोर्ट सार्वजनिक गरेका छन् । 

कोरोना भाइरसले सबैभन्दा प्रभावित बनेको अमेरिकामा राष्ट्रपति ट्रम्पले सङक्रमण नियन्त्रणका लागि उचित कदम नचालेको आरोप छ । 

राष्ट्रपति चुनावमा ट्रम्पसँग उपराष्ट्रपतिको उम्मेदवारको रुपमा माइक पेन्स छन् भने बाइडेनको साथमा कमला ह्यारिस। 

राष्ट्रपति उम्मेदवार बाइडन अमेरिकी राजनीतिका पुराना र अनुभवी राजनीतिज्ञ हुन् । विदेश मामिला र कूटनीतिमा विशेष दख्खल राख्ने बाइडन व्यवहारिक लाग्छन् । 

उता ट्रम्प भने अहंकारी भएको आरोप लाग्ने गरेको छ । महिला, अल्पसंख्यक, सिमान्तकृतको विरोधी छवि बनाएका ट्रम्पले आफ्ना विरोधीलाई व्यक्तिगत रुपमै गाली गर्ने गरेका छन् । 

अमेरिकामा हुलाक र मतदान केन्द्रमै गएर अहिलेसम्म ९ करोड ३० लाख बढीले अग्रिम मतदान गरिसकेका छन् ।

No comments:

Post a Comment