पुराना परिक्षार्थिहरुको लागि अवसर : त्रिभुवन विश्व विद्यालयको महत्वपूर्ण सूचना - TU Notice - DR Kaphle

Breaking

Friday, September 27, 2024

पुराना परिक्षार्थिहरुको लागि अवसर : त्रिभुवन विश्व विद्यालयको महत्वपूर्ण सूचना - TU Notice


आश्विन १२, त्रिभुवन विश्व विद्यालयले  २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिएको छ । 

त्रि वि ले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिने भएको हो । 

साथै सूचना प्रकाशित गर्दै त्रि.वि.बाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा AI प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने समेत जनाएको छ । 

सूचनामा भनिएको छ :

''आज मिति २०८१/०६/०७ गते त्रि.वि.परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा.डा.खड्ग के. सी. ज्यूको अध्यक्षतामा बसेको बैठकले तपसिल बमोजिमका निर्णय गरेकोले सम्बन्धित सबै पक्षलाई जानकारी गराइन्छ ।

त्रि.वि.बाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा AI प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने र त्रि.वि. अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिइने व्यहोरा सूचित गरिन्छ ।''


No comments:

Post a Comment