आजको लोकसेवा आयोग तयारि ताजा वस्तुगत प्रश्न उत्तर - गोरखापत्र ज्ञानसागर - Loksewa GK - DR Kaphle

Breaking

Tuesday, January 23, 2024

आजको लोकसेवा आयोग तयारि ताजा वस्तुगत प्रश्न उत्तर - गोरखापत्र ज्ञानसागर - Loksewa GK


 १. जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा) ले पठाएको स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम) यान चन्द्रमामा कहिले अवतरण गर्‍ यो ?

सन् २०२४ जनवरी २०

– मानवरहित यान चन्द्रमामा अवतरण भएको जाक्साले जनाएको छ ।

– अवतरणपश्चात् चन्द्रमामा धेरै समय रहनका लागि तयार पारिएको सोलार ब्याट्रीको रिचार्ज हुन नसकेपश्चात् यानमा रहेको व्याकअपको सहयोगमा चन्द्रमाका तस्बिर, चट्टान सङ्कलन तथा अनुसन्धानका अन्य गतिविधि भइरहेको जाक्साले जनाएको छ ।

– स्लिमको अवतरणसँगै अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौँ मुलुक बनेको छ ।


२. फिफा सर्वश्रेष्ठ फुटबलर–२०२४ घोषित हुन सफल खेलाडी को हुन् ?

पुरुष तर्फ : लियोनल मेसी र महिला तर्फ : 

आइतावा बोनमती 


३. सशस्त्र प्रहरीमा डिएसपी बढुवा हुन कुन विषयमा पोस्ट ग्य्राजुएट डिप्लोमा अनिवार्य गरिएको छ ?

विपत् व्यवस्थापन 

– सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा हुन सुरक्षा तथा विपत् व्यवस्थापन अध्ययनमा पोस्ट ग्य्राजुएट डिप्लोमा गर्नुपर्ने भएको छ ।

– इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन पोस्ट ग्य्राजुएट डिप्लोमा इन सेक्युरिटी डिजास्टर म्यानेजमेन्ट स्टडिज कक्षा सञ्चालन गरिएको छ ।

– यसअघि सशस्त्र प्रहरीमा डिएसपीमा बढुवाका लागि कम्पनी कमान्ड एन्ड स्टाफ कोर्स (सिसिएसी) राखिएको थियो । यस पटकबाट भने कम्पनी कमान्ड र विपत् व्यवस्थापन दुवै कक्षा एकै पटक भइरहेको छ ।


४. ‘मैले छिचोलेका कुइनेटा’ नामक कृतिका लेखक को हुनुहुन्छ ?

डा. मुकेशकुमार चालिसे


५. ट्राभल वेबसाइट ट्रिप एडभाइजरद्वारा प्रकाशित विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्य (सन् २०२४) मध्ये पहिलो नम्बरमा पर्न सफल गन्तव्य कुन हो ?

काठमाडौँ


६. काठमाडौँ महानगरपालिकाले वार्षिक तीन करोड लिटर पानी पुनःभरण हुने प्रणाली कुन ठाउँमा निर्माण गरेको छ ?

बालाजु

– यो प्रणाली बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो ।

– बर्खाको पानी बगेर खेर जाने र हिउँदमा पानीको अभाव हुने हुँदा यसलाई सन्तुलन गर्न पानी पुनःभरण प्रणालीको प्रवर्धन गरिएको हो ।

– तीव्र सहरीकरणका कारण अत्यधिक भूमिगत पानी दोहन हुन थालेको छ । अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि जानुको सट्टा बगेर गएको छ । पछिल्लो समय बर्षात् छोटो अवधिमा अधिक हुने हुनाले प्राकृतिक रूपमा पानी पुनःभरणमा समस्या सिर्जना भएको छ । 


७. नेपाली गायन जगत्का उज्ज्वल नक्षत्र योगेश वैद्यको निधन कहिले भएको हो ?

विसं २०८० माघ ५

– उहाँका ‘सपना भुलाइ सारा आँसु पिएर जाउ’, 

‘आँखैमा रात गले, बाटोमा हुरी चले’, ‘मेरो आँसुमा नहाँसे, घायल यो दिल के हाँस्थ्यो’, ‘नेपाल मेरो तिमीलाई’ लगायतका गीत चर्चित छन् । उहाँले नेपाल भाषाका पनि थुप्रै गीत गाउनुभएको छ ।

– वनस्पतिशास्त्रमा एमएस्सी गर्नुभएका योगेश करिब ३३ वर्ष सरकारी सेवामा संलग्न रही २०६१ सालमा सहसचिव पदबाट अवकाश हुनुभएको थियो ।

– उहाँले यही माघ १ गते मात्रै गंकी धुस्वाँ बसुन्धरा प्रतिष्ठानद्वारा प्रदान गरिएको धुस्वाँ सायमी सिर्जना पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँले छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्टलगायत प्रख्यात पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँका विभिन्न कृतिसमेत प्रकाशित छन् । 

– उहाँका दुई छोरी र एक छोरा छन् । 


८. असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले युगान्डातर्फ प्रस्थान गर्नु भयो ?

विसं २०८० माघ ४ (माघ ७ मा स्वदेश फिर्ता)


९. पहिलो साक्षर घोषित प्रदेश कुन हो ?

बागमती प्रदेश (दोस्रो : गण्डकी)

– बागमती प्रदेश साक्षर घोषित : विसं २०७८ असोज ११

– गण्डकी प्रदेश साक्षर घोषित : विसं २०७८ असोज २४


१०. हेन्ली पासपोर्ट इन्डेक्स–२०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

९८ औँ 


११. हाल राष्ट्रसङ्घको स्थायी प्रतिनिधिमा को रहनुभएको छ ? 

लोकबहादुर थापा

– उहाँ पन्ध्रौँ स्थायी प्रतिनिधि हुनुहुन्छ । 

– यसअघि राष्ट्रसङ्घको प्रतिनिधि अमृतबहादुर थापा हुनुहुन्थ्यो । 

– नेपालको पहिलो स्थायी प्रतिनिधि ऋषिकेश शाह हुनु भयो । 

१२. बुकर पुरस्कार–२०२३ कसलाई प्रदान गरियो ?

पाउल लिन्च (आयरल्यान्ड)

– ‘प्रोफेट सङ्ग’ उपन्यासका लागि यो अवार्ड प्रदान गरिएको हो । 

– सन् १९६९ बाट प्रदान गर्न थालिएको यस पुरस्कारको राशि ५० हजार पाउन्ड रहेको छ ।


१३. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता लागु गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

माल्दिभ्स


१४. नेपाली स्याटेलाइट ‘नेपाली स्याट १’ कति दिन अन्तरिक्षमा रहेर पृथ्वीमा खसेको थियो ?

८४१ दिन


१५. कँगो वेसिन क्लेड, क्लेड वान, क्लेड टु ए, क्लेड टु बी कुन रोगका भेरिएन्ट हुन् ?

मङ्की पक्स


१६. महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन कहिले गरिएको हो ?

विसं २०७९ असोज १४


१७. कृषि तथा वन क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि कुन हो ? 

सन् २०२३–२०२७


१८. अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार–२०२३ बाट सम्मानित हुने नेपाली को हुनुहुन्छ ?

डा. घनश्याम ज्ञवाली


१९. राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?

माघ १

– नवौँ राष्ट्रिय योग दिवस (२०८०) को नारा : गरौँ योग – रहौँ निरोग 

– विसं २०७२ साउन २८ को मन्त्रीपरिषद् बैठकले माघ १ गतेका दिन राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो ।

– सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घ महासभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा गरेको हो । 


२०. ७५ औँ संस्करणको एमी अवार्ड–२०२४ मा ‘आउट स्ट्यान्डिङ ड्रामा’ को उपाधि जित्न सफल फिल्म कुन हो ?

सक्सेसन 

– अवार्ड समारोहमा फिल्म सक्सेसन र द वियरले सर्वाधिक छ÷छ अवार्ड जितेका छन् ।

– आउटस्ट्यान्डिङ ड्रामा : सक्सेसन 

– उत्कृष्ट अभिनेता : म्याथु म्याकफेडेन (सक्सेसन) 

– उत्कृष्ट निर्देशक : मार्क माइलड (सक्सेसन) 

– प्रमुख अभिनेता : काइरन कल्किन (सक्सेसन)

– प्रमुख अभिनेत्री : सारा स्नोक (सक्सेसन)

– उत्कृष्ट लेखन : जेसी आमस्ट्र««ङ (सक्सेसन)

– आउटस्ट्यान्डिङ कमेडी सिरिज : द वियर 

– लेखन र निर्देशन : क्रिस्टोफर स्टोरर (द वियर)

– प्रमुख अभिनेता : जेरेमी एलिन ह्वाइट 

– प्रमुख अभिनेत्री : आयो एडिविरी 

– सहअभिनेता : इबोन मोस बाचाराच 


२१. महानगरपालिका हुनका लागि कति जनसङ्ख्या हुनुपर्ने प्रावधान छ ?

पाँच लाख

– कम्तीमा पाँच लाख स्थायी बासिन्दा, 

– पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कम्तीमा एक अर्ब रुपियाँ,

– कुल सडक लम्बाइको कम्तीमा ७५ प्रतिशत पक्की भएको,

– विशेषज्ञसहितको अस्पताल, कम्तीमा १०० शय्याको एक अस्पतालसहित कम्तीमा ५०० शय्याको अस्पताल सुविधा, 

– अन्तर्राष्ट्रिय सभाहल तथा अन्तर्राष्ट्रिय स्तरको व्यापारिक प्रदर्शनी स्थल,

– सङ्ग्रहालय भएको, प्राविधिक शिक्षालय भएको, 

– अन्तर्राष्ट्रिय स्तरको होटल सुविधा भएको, 

– अन्य सहरी सुविधा भएको,


२२. त्रिभुवन विश्वविद्यालयको पहिलो कुलपति को हुनु भयो ?

कान्तिराज्यलक्ष्मीदेवी शाह

– (पहिलो उपकुलपति : सुवर्णशमशेर जबरा)

२३. पन्ध्रौँ योजनामा उल्लिखित दीर्घकालीन लक्ष्य अनुसार विसं २१००/०१ सम्ममा नेपालीको प्रतिव्यक्ति आय कति पुर्‍ याउने लक्ष्य रहेको छ ?

१२,१०० अमेरिकी डलर 


२४. आदिकवि भानुभक्त पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

प्राध्यापक घनश्याम कँडेल (पुरस्कार राशि : एक लाख २५ हजार रुपियाँ)


२५. नेपालमै पहिलो पटक पोथी हात्तीको शल्यक्रिया गरी बच्चाको जन्म कहिले गराइयो ? 

विसं २०७९ फागुन २५

– सौराहाको खोरसोरमा अवस्थित हात्ती प्रजनन केन्द्रमा गण्डकीकली नामक ढोईको शल्यक्रिया गरी बच्चा जन्माइएको हो । 

– छावाको नाम विजयगज राखिएको थियो । 


२६. विदेशमा बस्ने नेपालीलाई ध्यानमा राखी निःशुल्क टेलिमेडिसन सेवाको सुरुवात कहिले गरिएको हो ?

विसं २०७९ चैत १५

No comments:

Post a Comment