जीवन बदल्ने प्रेरक भनाइहरु अवस्य पढ्नुहोला - Motivational Nepali Quotes - DR Kaphle

Breaking

Friday, July 8, 2022

जीवन बदल्ने प्रेरक भनाइहरु अवस्य पढ्नुहोला - Motivational Nepali Quotes

 

१. यदि सफलतम जीवन जिउनु छ भने, हामीले असफलताको भय त्याग्नु पर्दछ ।


२. जीवनलाई ‘भागेर’ होइन ‘भोगेर’ जिउनुपर्दछ ।


३. आफूलाई अरुजस्तो बनाउन खोजेर तिमी ‘आफ्नै’ अस्तित्वको हत्या नगर । तिमी फरक छौ, तसर्थ तथ्यपरक छौँ ।


४. बदला लिएर होइन बदलिएर देखाऊ, दुनियाँ फरक पाउनेछौ ।


५. हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।


६. यदि तिमीले व्यक्तिलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ ।


७. जिन्दगी उनीहरूको बर्बाद हुने हो, जसले उन्नत बनाउन कुनै प्रयास गर्दैनन् ।


८. असम्भव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।


९. हामी त्यही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउँछ ।


१०. अरुले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्वपूर्ण होइन । आफूले आफ्नाबारेमा के सोचिन्छ, त्यो महत्वपूर्ण हो ।


११. त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।


१२. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।


१३. यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।


१४. एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ दोस्राे खुलेको हुन्छ ।


१५. मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरताप्रति छ ।

No comments:

Post a Comment