लोकसेवा तयारी वस्तुगत प्रश्न उत्तर , आज गोरखापत्र ज्ञानसागरमा सोधिएका प्रश्न उत्तर - Loksewa GK - DR Kaphle

Breaking

Tuesday, April 26, 2022

लोकसेवा तयारी वस्तुगत प्रश्न उत्तर , आज गोरखापत्र ज्ञानसागरमा सोधिएका प्रश्न उत्तर - Loksewa GK


१. सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरेको छ ?

पुष्पराम केसी

– वि.सं. २०७८ चैत ३० को मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा नियुक्त गरेको ।

– ३० वर्षे सेवा अवधिका कारण केसीले १९ दिनपछि अवकाश पाउनुहुने ।

– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत २८ मा अवकाश पाएपछि महानिरीक्षकको पद खाली भएको थियो । वैशाख २० गते राजु अर्याल सङ्गठनको प्रमुखमा नियुक्त हुने ।


२. युवा महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘समिट वुमन अफ दी इयर २०२२’बाट सम्मानित हुने महिला उद्यमी को हुनुहुन्छ ?

कृतिका लम्साल (स्विट फिक्सकी संस्थापक)

– (उहाँलाई एक लाख रुपियाँ नगद र हीराको लकेट प्रदान गरिएको ।)


३. गीत–सङ्गीत र साहित्य क्षेत्रमा १०८ विश्व रेकर्ड कायम गर्न सफल व्यक्तित्व को हुनुहुन्छ ?

  डा. डीआर उपाध्याय


४. १३२ केभी प्रसारण लाइन क्षमताको सोलु करिडोरको उद्घाटन कहिले भएको हो ?

वि.सं. २०७८ चैत १९

– प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित समारोहमा दुवै देशका प्रधानमन्त्रीद्वारा भर्चुअल माध्यममार्फत सो करिडोर उद्घाटन गरिएको ।

– २०७८ फागुन महिनामा निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइन उद्घाटनपश्चात् सोलु करिडोरमा निर्माण सम्पन्न भएका र निर्माणका क्रममा रहेका आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा 

जोड्न सहज भएको ।

– चैत १९ मा नै प्रधानमन्त्री देउवा र उहाँका भारतीय समकक्षी मोदी नेतृत्वको प्रतिनिधि मण्डलबीच हैदरावाद हाउसमा भएको वार्तापछि नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तार एवं पारस्परिक सहयोग तथा सहकार्य गर्नेसम्बन्धी निम्नानुसार चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको ः

– अन्तर्राष्ट्रिय सौर्य ऊर्जा साझेदारीमा नेपाल औपचारिक रूपमा सामेल हुने, 

– नेपालको रेल्वे क्षेत्रमा भारतीय प्राविधिक सहयोग,

– पेट्रोलियम क्षेत्रमा सहयोग,

– नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदानप्रदान ।


५. वि.सं. २०७८ मा प्रदान गरिने कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकार को हुन् ?

नवराज न्यौपाने 


६. फोब्र्सद्वारा प्रकाशित विश्वका धनाढ्यको सूचीअनुसार दक्षिण एसियाबाट भारतबाहेक डलर अर्बपतिको सूचीमा पर्न सफल एक मात्र अर्बपति को हुन् ?

विनोद चौधरी

– दक्षिण एसियाका देशमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका । 

– विश्वभरका धनीहरूका बारेमा सूची प्रकाशित गर्ने फोब्र्सको सूचीमा चौधरी सन् २०१३ देखि निरन्तर रहँदै आएका ।

– सो सूचीअनुसार भारतमा १६६, चीनमा ५३९ अर्बपति रहेका । सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिको सङ्ख्या ७३५ रहेको ।

फोब्र्सको सूचीअनुसार विश्वका सर्वाधिक धनी दस व्यक्ति ः

– १. एलन मस्क, अमेरिका

– २. जेफ वेजोस, अमेरिका

– ३. बर्नाड आर्नल्ट, फ्रान्स

– ४. विल गेट्स, अमेरिका

– ५. वारेन बफेट, अमेरिका

– ६. ल्यारी पेज, अमेरिका

– ७. सेर्गेइ ब्रिन, अमेरिका

– ८. ल्यारी एलिसन, अमेरिका

– ९. स्टिभ बलमेर, अमेरिका

– १०. मुकेश अम्बानी, भारत


७. छायाँछवि डी सिने अवार्डअन्तर्गत लाइफटाइम लिजेन्ड्री अवार्ड यस वर्ष (२०७८ मा) कसलाई प्रदान गरियो ?

अभिनेत्री भुवन चन्द

– नेपालमै निर्मित पहिलो चलचित्र ‘आमा’का प्रथम अभिनेत्री भुवन चन्दलाई सो अवार्ड प्रदान गरिएको ।

– त्यस्तै पुरुषतर्फ अभिनेता तथा पाइलट विजय लामा र महिलातर्फ अभिनेत्री तथा निर्देशक झरना थापालाई फिल्मकर्मी रजत सम्मान प्रदान गरिएको ।

– २०२२ सालमा निर्मित आमा चलचित्रपछि चन्दले हिजो आज भोलि, दुई थोपा आँसु, कोसेली, सीमारेखा, नेपालीबाबुलगायतका फिल्ममा अभिनय गरेकी ।

– २०४१ सालमा निर्मित चलचित्र आदर्श नारीबाट अभिनय यात्रा सुरु गरेका अभिनेता लामाले कोसेली, चोखो माया, ट्रक ड्राइभर, आर्मी, होमवर्क, इन्टुमिन्टु लन्डनलगायत फिल्ममा अभिनय गरेका । 

– अभिनेत्री तथा निर्देशक थापाले २०५३ सालमा फिल्म दाइजोबाट अभिनय यात्रा सुरु गरेकी थिइन् भने धर्मसङ्कट, गोर्खाली, बादलपारि, जीवनसाथी, तकदिर, पूर्णिमा, ए मेरो हजुर, मेरी आमा, बिदाइलगायत दर्जनौँ फिल्ममा अभिनय गरेकी ।


८. नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ? 

भण्डारखाल पर्व 


९. नेपालको कुन जातिलाई ‘उराव’ भनिन्छ ? 

किसान 


१०. सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ? 

रवीन्द्रनाथ टैंगोर (भारत) 

११. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?

मेकियाबेली


१२. अन्तर्राष्ट्रिय उडानक्रममा हुने जोखिमबापत विदेशी र नेपाली यात्रुले पाउने बीमालगायतका सुविधा समान हुने गरी मन्ट्रियल महासन्धि कहिलेदेखि लागू भएको हो ?

वि.सं. २०७५ मङ्सिर २९ (सन् २०१८ डिसेम्बर १५)


१३. नेपाल टेलिभिजनद्वारा साप्ताहिक रूपमा संस्कृत भाषामा समाचार प्रसारण गर्न कहिलेदेखि थालिएको हो ?

वि.सं. २०७५ असोज ६


१४. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसद्वारा ‘एक्सन फर पिस किपिङ’को थालनी कहिलेदेखि भएको हो ?

सन् २०१८ मार्च २८


१५. “निर्वाचन परिणामबाट आत्तिने मान्छेले राजनीति गर्न सक्दैन किनकि राजनीति भनेकै हार र जितको खेल हो” भन्ने भनाइ कसको हो ?

अब्राहम लिङ्कन, अमेरिकी पूर्वराष्ट्रपति


१६. थकाली जातिको बाहुल्य होटल व्यवसायमा रहेको छ भने शेर्पा जातिको बाहुल्य केमा रहेको छ ?

पर्यटन


१७. नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो ?

दाङ


१८. विसु पर्व कहाँ प्रचलनमा रहेको छ ?

सुदूरपश्चिम

– नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ विसु पर्वका रूपमा मनाउने चलन रहेको ।

– विशेषगरी सुदूरपश्चिमका अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा एवं बैतडी जिल्लामा यो पर्व 

मनाउने गरिएको ।

– देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुले एक–आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाउने चलन रहेको । देवर नहुने, नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली एवं साली नहुने भिनाजुले विसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रहेको ।

– विसु पर्वमा घर लिपपोत गर्ने, मिठा–मिठा खानाका परिकार बनाई खाने र विशेषगरी सिस्नु लगाउने प्रचलन रही आएको । 

– शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने, छालासम्बन्धी रोग निर्मूल हुने साथै वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास रहेको । 

– वैशाख सुरु भएसँगै रोगव्याधि, महामारी तथा अनिकालको समय सुरु हुन सक्ने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर यो पर्व मनाउने चलन रहेको । 

– पछिल्लो समय सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको ।


१९. समयको सङ्क्षिप्त इतिहास नामक कृतिका लेखक को हुन् ?

स्टेफन हकिङ


२०. तीन पटकसम्म मदन पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ? 

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी

– उहाँले वि.सं. २०१३ मा हाम्रो लोक संस्कृति कृतिका लागि, वि.सं. २०१७ मा नेपाली राष्ट्रिय मुद्राका लागि र वि.सं. २०२८ मा कर्णाली लोक संस्कृतिका लागि मदन पुरस्कार प्राप्त गर्नुभएको । 

– वि.सं. १९७७ वैशाख ३० मा ललितपुरको इखुम्बहालमा जन्मनुभएका जोशी वि.सं. २०७८ वैशाख ३० मा १०२वर्षमा प्रवेश गर्नुभएको । 


२१. विश्व हिमोफिलिया दिवस कहिले मनाइन्छ ? 

अप्रिल ११


२२. अर्थ आवर अभियानको सुरुवात कुन देशबाट भएको हो ? 

अस्ट्रेलिया (सन् २००७ देखि)


२३. कुर्था–जनकपुर–जयनगरसम्म सञ्चालन हुने रेल सेवाको उद्घाटन कहिले गरिएको हो ?

वि.संं. २०७८ चैत १९

– धनुषाको कुर्था, जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालन हुने रेल सेवाको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा भर्चुअल रूपमा शुभारम्भ गरिएको ।

– नेपालले करिब ८५ करोड रुपियाँमा भारतीय कम्पनीसँग खरिद गरेको दुई सेट रेल २०७७ आश्विन २ गते नेपाल आइपुगेको थियो ।

– नेपालमा राणाकालमा वि.सं. १९९४ मा जयनगरदेखि जनकपुरसम्म सञ्चालन भएको रेल सेवा २०६७ सालदेखि प्राविधिक कारणले बन्द भएको थियो ।


२४. नेपालको संविधानअनुसार प्रतिनिधि सभा कति सदस्यीय हुने व्यवस्था छ ? 

२७५ (प्रत्यक्ष निर्वाचित ः १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ः ११०) 


२५. प्रदेश सभामा कति प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ?

 


६० प्रतिशत (समानुपातिक निर्वाचन प्रणालीबाट ः ४० प्रतिशत) 


२६. कुन जलवायुलाई गर्मी ओसिलो जलवायु -Hot-wet climate_  पनि भनिन्छ ?

भूमध्यरेखीय जलवायु 


२७. भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ?

घाँघरा 


२८. बारुदी सुरुङमुक्त घोषित पहिलो एसियाली राष्ट्र कुन हो ? 

नेपाल


२९. जल तथा ऊर्जा आयोगको अध्यक्ष को हुने प्रावधान छ ? 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री


३०. Zero COVID पोलिसी कुन देशसँग सम्बन्धित छ ? 

जापान , 

गोरखापत्र 

No comments:

Post a Comment