आयोग तयारि वस्तुगत प्रश्न उत्तर - आज गोरखापत्रमा सोधिएका बहुवैकल्पिक प्रश्न उत्तर - Loksewa GK - DR Kaphle

Breaking

Tuesday, April 19, 2022

आयोग तयारि वस्तुगत प्रश्न उत्तर - आज गोरखापत्रमा सोधिएका बहुवैकल्पिक प्रश्न उत्तर - Loksewa GK



 १. सन् २०२२ मा सम्पन्न महिला विश्वकप क्रिकेट च्याम्पियनको उपाधि कसले जित्यो ?

अस्ट्रेलिया

अस्ट्रेलियाले इङ्ल्यान्डलाई ७१ रनले पराजित गरी सो उपाधि जितेको ।

अस्ट्रेलिया यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा च्याम्पियन बनेको ।

२. प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हालै तीनदिने भारत भ्रमण कहिले सम्पन्न भयो ?

वि.सं. २०७८ चैत १८–२०

३. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माण गरी कहिले लोकार्पण गरियो ?

वि.सं. २०७८ चैत २१

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा काष्ठमण्डपको 

उद्घाटन भएको । 

हाललाई उद्घाटनको दिन मात्र खुला गरिएको काष्ठमण्डप पछि प्रवेश गर्न मिल्ने व्यवस्था मिलाएर केही समयपछि खुला गरिने बताइएको ।

काष्ठमण्डप परिसरमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कष्ठमण्डपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट साँचो प्रदर्शन गरी काष्ठमण्डपको उद्घाटन भएको । 

४. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा २०७९ मा प्रदान गरिने इन्जा बौद्धिक अनुसन्धानवृत्ति कसलाई दिइयो ?

कपिल काफ्ले (वरिष्ठ पत्रकार) र देवराज अर्याल (त्रिविका पत्रकारिता विषयका उप–प्राध्यापक) 

(पत्रकारिता तथा आमसञ्चार क्षेत्रका बौद्धिक अनुसन्धातालाई अध्ययन अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले इञ्जाले यसै वर्षबाट यो बौद्धिक अनुसन्धानवृत्ति प्रदान गर्ने परम्पराको थालनी गरेको ।)

५. वि.सं. २०७९ वैशाख १ का दिन महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालरत्नबाट कसलाई विभूषित गरियो ?

पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई (मरणोपरान्त)

राजनीतिज्ञ स्व. सुवर्णशमशेर राणालाई मरणोपरान्त र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरवबाट विभूषित गरिएको ।

राजनीतिज्ञ स्व. तुलसीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह, स्व. दुर्गानन्द झा र स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त तथा राजनीतिज्ञ मोहनचन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रद्वीपबाट विभूषित गरिएको । 

राजनीतिज्ञहरू प्रदीप नेपाल र स्व. पोष्टबहादुर बोगटी तथा स्व. मार्सलजुलुम शाक्यलाई सुप्रसिद्ध जनसेवाश्रीबाट विभूषित गरिएको ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीपबाट विभूषित गरिएको । 

सरकारले २०७८ साल असोज ३ गते संविधान दिवसको अवसर पारी घोषणा गरेको मानपदवी नयाँ वर्षको अवसर पारी प्रदान गरिएको । 

६. विश्व बैङ्कले सन् २०२२ अप्रिल १३ मा प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर कति हुने जनाएको छ ?

३.७ प्रतिशत

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर सुस्त तर क्रमिक सुधार हुने विश्व बैङ्कले उल्लेख गरेको । 

कोरोनाविरुद्धको खोपदर उच्च रहेको र सेवा क्षेत्रको पुनरुत्थानका कारण आर्थिक वृद्धिदरमा सुधार आउने तर रुस–युक्रेन युद्धका कारण बाह्य परिस्थिति प्रतिकूल रहँदा आर्थिक वृद्धिदर सुस्त रहने विश्व बैङ्कले प्रक्षेपण गरेको ।

सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत र सन् २०२४ मा ५.८ प्रतिशत हुने अनुमान गरेको । 

७. २०७८ असार÷साउनमा आएको बाढीले क्षति पु-याएको मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकमा पुनः पानी पठाउन कहिलेदेखि थालियो ?

वि.सं. २०७८ चैत २९

असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले आयोजनामा क्षति पु¥याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो । 

क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मत सम्पन्न भई पुनः सञ्चालन गर्न थालिएको । 

८. तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन कहिले सम्पन्न भयो ?

वि.सं. २०७८ चैत २८–२९

९. सन् २०२२ मा सम्पन्न त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिता उपाधि कसले जित्यो ?

नेपाल

यस प्रतियोगितामा नेपाल, मलेसिया र पपुवा न्युगिनी गरी तीन राष्ट्रको सहभागिता रहेको ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चैत २१ मा नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराउँदै त्रिकोणात्यक सिरिजको ट्रफी हात पारेको ।

गत वैशाखमा नेपालले त्रिवि मैदानमै टी–२० उपाधि जितेको थियो । घरेलु मैदानमा नेपालले लगातार दोस्रो पटक टी–२० उपाधि हात पारेको ।

प्रतियोगितामा तेस्रो टोलीका रूपमा मलेसिया रहेको । लिग चरणमा नेपालले चारै खेलमा जित निकालेर फाइनल स्थान सुरक्षित गरेको थियो । पपुवा न्युगिनी र मलेसियाले समूह चरणमा दुई अङ्क मात्र बटुलेका थिए । रनरेटका आधारमा पपुवा न्युगिनीले उपाधि भिडन्तमा नेपालविरुद्धको भेट पक्का गरेको थियो ।

१०. सार्वजनिक स्थलमा धूमपान प्रतिबन्ध गर्ने विश्वको पहिलो मुलुक कुन हो ?

भुटान (२२ फेब्रुअरी, २००५)

११. नेपालको ‘वाटर लु’ भनेर कुन पर्व÷घटनालाई चिनिन्छ ?

अलौ पर्व

१२. नेपालको प्रदेश सभा कति सदनात्मक हुने व्यवस्था छ ?

एक 

१३. सन् २०२२ अप्रिलमा पाकिस्तानको प्रधानमन्त्रीमा चुनिने राजनीतिज्ञ को हुन् ?

सहबाज सरिफ

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन)का अध्यक्ष सहवाज अप्रिल ११ मा त्यहाँको नयाँ प्रधानमन्त्री चुनिएका ।

प्रधानमन्त्री इमरान खान अविश्वासको प्रस्तावबाट पदमुक्त भएपछि बसेको पाकिस्तानको संसद् बैठकले सहवाजलाई प्रधानमन्त्री चुनेको । 

खान अविश्वासको प्रस्तावबाट हट्ने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका ।

आपूmविरुद्धको अविश्वासको प्रस्ताव रोक्न निवर्तमान प्रधानमन्त्री खानले संसद् भङ्ग गरेका तर सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरिदिएपछि अप्रिल ८ मा अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो ।

१४. अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ कहिलेदेखि लागू भएको हो ? 

वि.सं. २०७५ असोज २

१५. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार आधारभूत शिक्षा भन्नाले के बुझिन्छ ? 

कक्षा एकदेखि कक्षा आठसम्मको विद्यालय शिक्षा

१६. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार माध्यमिक शिक्षा भन्नाले के बुझिन्छ ? 

कक्षा ९ देखि कक्षा १२ सम्म वा सोसरहको शिक्षा ।

सो ऐनअनुसार ‘प्रारम्भिक बालविकास तथा शिक्षा’ भन्नाले चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित बालविकास तथा शिक्षा हो । 

त्यस्तै विशेष शिक्षा भन्नाले दृष्टिविहीन, बहिरा, अटिजम अपाङ्गता भएका वा यस्तै प्रकृतिका अवस्थाका बालबालिकालाई छुट्टै समूहमा राखी विशेष प्रकार र निश्चित माध्यमबाट दिइने शिक्षा हो । 

१७. उपरदाङगढी कुन जिल्लामा पर्छ ?

चितवन

 १८. मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई के भनिन्छ ?

जेरेन्टोलोजी 

१९. नेपाली सुरक्षाकर्मी शान्ति मिसनमा खटिने कार्यको सुरुवात कहिलेबाट भएको हो ?

सन् १९५८ (लेबनानबाट)

नेपाली सेनाका पाँच अब्जर्भरबाट सुरु भएको मिसनमा हालसम्म एक लाख ४० हजार २०२ सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिइसकेका । 

शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिएको ६४ वर्षयता ८५ नेपाली सुरक्षाकर्मीले ज्यान गुमाएका । 

हालसम्म द्वन्द्वग्रस्त मुलुकका ४३ वटा मिसनमा नेपाली सुरुक्षाकर्मी खटिसकेका ।

हाल शान्ति स्थापनार्थ विभिन्न ११ वटा द्वन्द्वग्रस्त मुलुकमा खटिने नेपाली सुरुक्षाकर्मीको सङ्ख्या पाँच हजार ५३६ रहेको । शान्ति स्थापनार्थ सुरक्षाकर्मी सैनिक खटाउने विभिन्न १२० मुलुकमा नेपाल दोस्रो स्थानमा रहेको । सुरक्षाकर्मी खटाउने मुलुकमध्ये सबैभन्दा अगाडि बङ्गलादेश रहेको । हाल विभिन्न द्वन्द्वग्रस्त मुलुकमा बङ्गलादेशका छ हजार ४४७ सैनिक परिचालित रहेका । 

नेपालपछि सबैभन्दा धेरै सनिक खटाउनेमा भारत (५४८१), रुवान्डा (५२६३), इथियोपिया (४८५३) लगायतका देश रहेका । 

२०. विश्व इतिहासमा शान्तिपूर्ण बौद्धिक आन्दोलन, अनुसन्धानात्मक आन्दोलन एवं धर्मनिरपेक्ष आन्दोलनका रूपमा चिनिने पुनर्जागरण आन्दोलन कुन देशबाट सुरु भएको थियो?

इटाली

२१. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?

सुवानन्द दास

२२. विश्व स्काउट एसिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिएको ‘मेधावी योगदान पदक’बाट कसलाई सम्मान गरियो ?

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली 

नेपाल स्काउटका पूर्वसंरक्षकसमेत रहनुभएका ओलीलाई ‘मेधावी योगदान पदक’ले सम्मान गरिएको । 

सन् १९०७ मा बेलायतमा स्थापना भएको स्काउट ४५ वर्षपछि सन् १९५२ मा नेपालमा स्थापना भएको ।

२३. सात पहाडको सहर भनी कुन सहरलाई चिनिन्छ ?

इटालीको रोम

२४.  स्टाफेफेक्ट भनेको के हो ?

एन्टिबायोटिकको विकल्पका रूपमा वैज्ञानिकद्वारा विकास गरिएको नयाँ औषधि 

२५. पहिलो विश्वकप फुटबल प्रतियोगिता कुन देशमा भएको थियो ? 

उरुग्वे

पहिलो विश्वकप फुटबल प्रतियोगिता सन् १९३० मा भएको । 

सो प्रतियोगितामा १३ राष्ट्रको सहभागिता रहेको । 

फिफा विश्वकपमा सहभागी राष्ट्र सन् १९८२ मा २४ तथा सन् १९९८ मा ३२ पु¥याइएको । 

सन् २०२६ को वल्र्डकपमा सहभागी हुने राष्ट्रको सङ्ख्या ४८ हुने ।

२६. EPG को पूरा रूप के हो ? 

Eminent Person Group

२७. चुरे–तराई–मधेस संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजना कहिले पारित भएको हो ?

वि.सं. २०७४ जेठ ४

२८. युरोपेली सङ्घ दिवस कहिले मनाइन्छ ?

मे ९

२९. विश्वको सबैभन्दा पुरानो अन्न कुनलाई भनिन्छ ?

भटमास

३०. गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई ‘पञ्चशील क्षेत्र’ घोषणा कहिले गरिएको हो ?

वि.सं. २०७५ मङ्सिर ५

(हत्या, हिंसा, चोरी, व्यभिचार र मद्यपान नगरेमा पञ्चशील पालना गरेको मानिने ।)

प्रस्तुतकर्ता :टङ्क केसी (गोरखापत्र)

No comments:

Post a Comment