नेपाल स्टक एक्सचेन्जद्वारा विभिन्न पदमा दरखास्त आह्वान -Job Vacancy in Nepal Stock Exchange - DR Kaphle

Breaking

Saturday, March 12, 2022

नेपाल स्टक एक्सचेन्जद्वारा विभिन्न पदमा दरखास्त आह्वान -Job Vacancy in Nepal Stock Exchange

 

नेपाल स्टक एक्सचेन्जले दरखास्त आह्वान गरेको छ ।  दरखास्त आह्वान गर्दै भनिएको छ : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा रिक्त रहेका देहाय बमोजिमका पदहरू खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइंस) दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ (सात) दिनभित्र नेप्सेबाट निर्धारित दरखास्त फाराम भरी नेप्से पदपूर्ति समितिको सचिवालय (प्रशासन शाखा) मा दरखास्त दर्ता गराउन सम्बन्धित सबैको | जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगी, म्याद नाघी वा दरखास्त साथ अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कागजातहरू संलग्न नभई पेस हुन आएको दरखास्त उपर कुनै कारवाही गरिने छैन। दरखास्त फाराम, विज्ञापन र पाठ्यक्रम नेप्सेको वेबसाइट www.nepalstock.com.np बाट डाउनलोड गर्न सकिनेछ ।

 


No comments:

Post a Comment