त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालय कीर्तिपुर, काठमाडौ, नेपालले परीक्षा फाराम भर्ने सम्बन्धि जरुरी सूचना जारी गरेको छ ।
व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखले एमबीएस तथा एमपीए कार्यक्रमको प्रथम सत्रको परीक्षा फाराम भर्ने बारे सूचना जारी गरेको हो ।
सूचनामा भनिएको छ:
'त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालय कीर्तिपुर, काठमाडौ, नेपालबाट सेमेस्टर प्रणालीमा सञ्चालित र कार्यक्रममा २०७७ साल (सन् २०२१) मा भर्ना भएका परीक्षार्थीहरुको प्रथमसत्रको नियमित र सन् २०२१ अघि भर्ना भई प्रथमसत्रको नियमित परीक्षामा सामेल भै अनुत्र्तीण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु (नियमित परीक्षाको आंशिक परीक्षार्थी) समेतको प्रथम सत्रको नियमिति परुीषा मिति २०७८ चैत्र महिनाको दोस्रो सातादेखि सञ्चालन हुने भएको छ ।
आफू सम्मिलत हुन चाहेको विषयहरु स्पष्ट उल्लेखगरी परीक्षा फर्म सम्बन्धित क्याम्पस / कलेजमा मिति २०७८ / ११ / २० गतेभित्र र सम्बन्धित क्याम्पस / कलेजहरुले उक्त परीक्षा फारम मिति २०७८ / ११ / २३ गतेभित्र यस परीक्षा नियन्त्रण महाशाखामा तपसिल बमोजिमको आवश्यक शूल्क सहित अनिवार्य रुपमा उपलब्ध गराउन सम्बन्धित क्याम्पस / कलेजहरुलाई यो सूचना प्रकाशित गरिएको छ ।'
No comments:
Post a Comment