शिक्षक सेवा आयोगमा सोध्न सकिने २५ प्रश्न उत्तर(भाग-२) - TSC Preparation - DR Kaphle

Breaking

Sunday, December 26, 2021

शिक्षक सेवा आयोगमा सोध्न सकिने २५ प्रश्न उत्तर(भाग-२) - TSC Preparation


१. विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य छनोट गर्ने प्रयोजनका लागि विद्यार्थीका अभिभावक भन्नाले ककसलाई जनाउछ?


बाबु, आमा, बाजे र बज्यै


२. शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यको सिफारिस गर्न गठित समितिको अध्यक्षमा को रहने व्यवस्था छ?


लोकसेवा आयोगको अध्यक्ष


३. नेपालको अन्तरिम संविधान २०६३ मा कुन मौलिक हक अन्तर्गत प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ ?


शिक्षा तथा संस्कृतिसम्बन्धी हक(धारा १७)



४. अभिभावक शिक्षक संघमा बढीमा कति सदस्य रहने व्यवस्था शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले गरेको छ?


११ सदस्य

५. शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले एक शैक्षिक सत्रमा काम गर्ने दिन कम्तीमा कति दिन हुनुपर्ने व्यवस्था गरेको छ?


२२० दिन


६. शिक्षक सेवा आयोग नियमावली २०५७ कहिलेदेखि लागू भएको हो ?


२०५७/७/२४


७. शिक्षकले एक वर्षभरिमा कति दिन बिरामी बिदा पाउन सक्ने व्यवस्था छ?


१२ दिन


८. नेपालको अन्तरिम संविधान २०६३ ले व्यवस्था गरेका बालबालिकाको हक तलकामध्ये कुन होइन ?


आधारभूत शिक्षा पाउने हक


९. खुला प्रतियोगिताबाट रिक्त शिक्षक पदपूर्ति गर्दा विज्ञापन भएको कति अवधिमा स्थायी नियुक्तिका लागि सिफारिस गर्न‘पर्ने व्यवस्था छ ?


६ महिनाभित्र


१०. जिल्ला शिक्षा समितिको सचिव को हुने व्यवस्था छ?


जिल्ला शिक्षा अधिकारी


११. राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८–२०३२) मा व्यवस्था भएको प्राथमिक विद्यालय तहको संरचना  कुन हो?


१–३

१२. दैनिक पाठयोजनाका अङ्गहरुको क्रम  कुन हो?


उद्देश्य, सामग्री, क्रियाकलाप, मूल्याङ्न र गृहकार्य


१३. शैक्षिक आयोजना र परियोजना को कार्यसम्पादन मुल्यांकन गर्ने कार्य कुन निकायको हो ?

-शैक्षिक गुणस्तर परिक्षण केन्द्र?


१४. शैक्षिक जनशक्ति विकास परिषद को अध्यक्ष को हुन्छ 

- शिक्षा मन्त्री


१५. सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) मा कतिओटा उद्देश्य राखिएका छन्?


३ ओटा


१६. आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम (१९९९–२००४) अन्तर्गत राखिएको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्य पूरा गर्न कतिओटा कार्यक्रमका क्षेत्रहरु निर्धारण गरिएका थिए ?


४. ओटा


१७. शाही उच्च शिक्षा आयोगको प्रतिबेदन अनुसार प्राबिधिक शिक्षा अन्तर्गत कति बिषय समाबेश थिए ?

- ४


१८. वर्तमान प्राथमिक तहको पाठ्यक्रम अन’सार कक्षा ४ र ५ को नेपाली विषयको पाठ्यभार कति छ?


१९. बिद्यालयको कुन चाहिं योजनाले विद्यालयको सम्पूर्ण वार्षिक गतिविधिलाई प्रतिनिधित्व गर्छ ?


वार्षिक कार्यपात्रो


२०. बहुकक्षा शिक्षण भन्नाले के बुझिन्छ?


धेरैओटा कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखी अध्यापन गराउने


२१ विद्यालय क्षेत्र सुधार योजना २०६६-२०७२ अनुसार प्रत्येक विषयको विद्यार्थीको उपलब्धि को लागि कसलाई जबाफदेही बनाइएको थियो ?

- विषय शिक्षक

 



२२. त्रिभुवन विश्वविद्यालय अन्तर्गत कतिवटा अनुसन्धान केन्द्रहरु रहेको छ ?

- ४


२३. सबैका लागि शिक्षा (राष्ट्रिय कार्ययोजना 2001-2015) ले निर्धारण गरेको सुचकमा समाबिष्ट नभएको कुन उपयुक्त हो ?

- महिला साक्षरता दर

२४. शिक्षा ऐन २०२८ अनुसार जिल्ला शिक्षा समितिलाई कुन आधारमा विघटन गर्न सकिन्छ ?

- तोकिएको जिम्मेवारी पुरा गर्न नसकेमा

२५. शिशेष शिक्षा परिषदमा अध्यक्षको अतिरिक्त कति सदस्य रहन्छन ?

– ११ जना


No comments:

Post a Comment