लोकसेवा आयोग तयारी वस्तुगत प्रश्न उत्तरहरुको संगालो, मङ्सिर १५ - Loksewa Aayog Nepal - DR Kaphle

Breaking

Wednesday, December 1, 2021

लोकसेवा आयोग तयारी वस्तुगत प्रश्न उत्तरहरुको संगालो, मङ्सिर १५ - Loksewa Aayog Nepal

 १. संयुक्त राष्ट्रसङ्घ महासभाले नेपाललाई कहिलेसम्म अल्पविकसितबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ?

 सन् २०२६
– राष्ट्रसङ्घको कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी)ले सन् २०२६ मा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि गरेको सिफारिस महासभाले सन् २०२१ नोभेम्बर २४ मा अनुमोदन गरेको ।
– नेपालसँगै बङ्गलादेश र गणतन्त्र लाओसलाई पनि विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव
अनुमोदन भएको ।
– स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी
अवधि दिइएको ।
– विकासशील देशमा स्तरोन्नति गर्ने निर्णयसँगै मुलुकका लागि वैदेशिक व्यापारमा चुनौती (नेपालले अहिले अतिकम विकसित मुलुकको हैसियतमा धेरै मुलुकबाट व्यापारमा सहयोग लिँदै आएकोमा विकासशील भएपछि सुविधा कटौती हुने) थपिने ।
– विकासशील मुलुक भएपछि दातृ निकाय र विदेशी मुलुकले दिँदै आएको सहुलियतपूर्ण कर्जा, अनुदान घट्ने । अन्तर्राष्ट्रिय व्यापारमा पाएको सहुलियत र सुविधा पनि कटौती हुने । यी विविध सहुलियत सुविधा कटौती हुने भएकाले नेपालले अब थप तयारी गर्नुपर्ने । आयात प्रतिस्थापन गरेर निर्यात बढाउन निर्यातजन्य उद्योगका लागि औद्योगिक पूर्वाधार निर्माण गर्नुपर्ने ।
– आन्तरिक स्रोत वृद्धि गर्नुपर्ने भएकाले राजस्व सङ्कलन स्रोत बढाउन जोड दिनुपर्ने ।

२. अष्टिम्की पर्व कुन जातिमा प्रचलनमा रहेको छ ?
 थारू
– महिला व्रत बसेर पूजाआजा गरी दुई दिनसम्म अष्टिम्की पर्व मनाउने परम्परा थारू समुदायमा रहेको ।
– पर्वको सुरुको दिन बिहानै गाउँका भलमन्सा वा बडघरको घरमा बहरी (बैठक कोठा)का भित्ता लिपपोत गरी चुनले रङ्ग्याएर भगवान् श्रीकृष्ण र उनको जीवनमा आधारित चित्र कोर्ने परम्परा रहेको ।
– पर्वको दोस्रो दिन बिहानै भगवान् श्रीकृष्णको पूजाआजा गरिने । पूजाआजा सकेपछि त्यहाँ चढाइएका पूजा सामग्री त्यही बिहान नदी खोलामा सेलाउने गरिन्छ । नदी, खोलाबाट नुहाएर आएपछि घरमा फुलौरी, माछाको सुकुटी, खरियालगायतका परिकार खाने गरिन्छ । खानुअघि प्रत्येक परिकारबाट केही भाग निकालेर राखिन्छ, जसलाई फरहार भनिन्छ । सो परिकारलाई विवाहिता छोरीचेलीलाई अग्रासन (कोसेली)का रूपमा दिने चलन छ ।

३. द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ?
 एकराज शमशेर र ब्रह्म शमशेर

४. नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो ?
 वि.सं. १९६१ माघ

५. प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ ?
 पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली

६. नेपालको प्रदेश सभा कति सदनात्मक हुने व्यवस्था छ ?
 एक

७. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?
 सुवानन्द दास

८. रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा सुक्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?
 वि.सं. २०७६ मङ्सिर ४
– यो बन्दरगाह निर्माण सम्बन्धमा नेपाल र चीनबीच २०७६ वैशाख २९ मा समझदारीपत्रमा हस्ताक्षर भएको ।

९. एफटीटीएचको पूरा रूप के हो ?
 फाइबर टू द होम
– नेपाल टेलिकमले दु्रतगतिको इन्टरनेट सेवा (एफटीटीएच)को शुभारम्भ २०७६ भदौ २३ गते रुपन्देही जिल्लाको गैडहवा गाउँपणलिकास्थित सूर्यपुरा बजारमा गरेको ।
– एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न
सकिने जनाइएको ।

१०. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?
 काठमाडौँ
– (पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्व बागमती नदी किनारमा रहेको ।)

११. कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा कहिले गरिएको हो ?
 वि.सं. २०७६ माघ ४
– (सो प्रदेशलाई वेसहारा, असहाय, अशक्त, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको ।)

१२. चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरिएको थियो ?
 सन् १९२९
– (सन् १९२९ मा स्थापित यो पुरस्कार पहिलो पटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो । हालसम्म ‘बेनहुर’ र ‘टाइटानिक’ चलचित्रले सर्वाधिक ११÷११ विधामा ओस्कार अवार्ड जित्न सफल भएका छन् ।)

१३. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
 वि. सं. २००२ असोज १
– नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी वि.सं. २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थिए ।
– पहिलो पटक रु. १ सय, रु. १० र रु. ५ दरका कागजी नोट जारी गरिएको थियो ।
– सदर मुलुकीखानाबाट जारी गरिएको ती नोटमा दस्तखत गर्ने खजाञ्ची जनकराज थिए ।

१४. आन्तरिक राजस्व विभागले केन्द्रीय बिजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

 वि.सं. २०७४ मङ्सिर १

१५. नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) कहाँ रहेको छ ?
 त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा
– यो संस्था भाषा विज्ञान, इतिहास, भूगोल, राजनीतिशास्त्र, समाज विज्ञान र धर्मसंस्कृति अध्ययन अनुसन्धान गर्ने थलोका रूपमा स्थापना भएको ।
– वि.सं. २०२९ साउन १ मा स्थापित इन्स्टिच्युट अफ नेपाल स्टडीलाई वि.सं. २०३४ भदौमा तत्कालीन त्रि.वि. ऐनअनुसार नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)मा
रूपान्तरण गरिएको ।
– सिनासले प्रकाशन गर्ने जर्नल विश्वका ११२ मुलुकका विश्वविद्यालयसम्म पुग्ने गरेकोमा हाल ५८ विश्वविद्यालयमा मात्रै पुग्ने गरेको ।
– त्रि.वि. अन्तर्गत सिनाससहित आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्राविधिक अनुसन्धान केन्द्र (सेरिड) सञ्चालनमा रहेका ।

१६. नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण कहिले गरिएको हो ?
 वि.सं. २०७३ मङ्सिर २२

१७. नेपालको कुन ठाउँमा अटोभिलेज रहेको छ ?
 बुटवल

१८. बुद्ध थिम पार्क कुन देशमा निर्माण गरिने भएको छ ?
 श्रीलङ्का

१९. यारी भञ्ज्याङ हुम्ला जिल्लामा पर्छ भने नाम्जा भञ्ज्याङ कहाँ पर्छ ?
 मुगु

२०. गहना सङ्ग्रहालय भद्रकाली (काठमाडौँ)मा रहेको छ भने बागमती सभ्यता सङ्ग्रहालय कहाँ रहेको छ ?
 गुह्येश्वरी (काठमाडौँ)

२१. नेपालमा कति प्रजातिका सर्प पाइन्छन् ?
 ८३
– (सबैभन्दा पछि पत्ता लागेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फेला परेको उडुवा लहरे सर्प (सुकेको लहरोजस्तै देखिने) हो ।)

२२. विश्वमा क्रेडिट कार्ड प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?
 अमेरिका

२३. वन ऐन, २०७६ अनुसार ‘वन’ भन्नाले के बुझिन्छ ?
 पूर्ण वा आंशिक रूपमा रुख वा बुट्यानले ढाकिएको क्षेत्र
– सो ऐनअनुसार निजी वन भन्नाले प्रचलित कानुनबमोजिम कुनै व्यक्तिको हक पुग्ने निजी जग्गामा लगाई हुर्काएको वा संरक्षण गरिएको वनलाई बुझिने ।
– राष्ट्रिय वन भन्नाले सरकारद्वारा व्यवस्थित वन, वन संरक्षण क्षेत्र, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन, कबुलियती वन, प्रदेशभित्रको राष्ट्रिय वन वा अन्तरप्रादेशिक वन बुझिने ।

२४. नेपालको कुन ठाउँमा हाब्रे (रेडपान्डा) प्रजनन केन्द्र रहेको छ ?
 इलाम

२५. अण्डा पार्ने स्तनधारी जीव कुन हो ?
 प्लेटिपस

२६. काठमाडौँमा विद्युतीय तारलाई भूमिगत गर्ने कार्यको शुभारम्भ कहिले गरिएको हो ?
 वि.सं. २०७६ फागुन ५

२७. नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?
 वि.सं. २०५५ पुस १६ गते
– वि.संं. २०१८ मा स्थापित पर्यटन विभागलाई खारेज गरी सरकार र निजी क्षेत्रको सहभागितामा सो बोर्ड
स्थापना गरिएको ।
– वि.सं. २०३३ फागुन १२ मा पर्यटन मन्त्रालयको स्थापना भएको । उक्त मन्त्रालययमा वि.सं. २०३९ मा हवाई विभाग गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामकरण गरिएको । त्यस्तै संस्कृतिको कार्यसमेत थप गरी वि.सं. २०५७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बनाइएको ।
– राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिको गठन वि.सं. २०७२ जेठ ३१ मा गरिएको । यसको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहने ।
– पर्यटन बोर्डको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव रहने प्रावधान रहेको ।
– पर्यटन परिषदको अध्यक्ष प्रधानमन्त्री रहने ।
– नेपालमा पहिलोपल्ट पर्यटन नीति–२०५२ तर्जुमा गरिएको । सो नीतिलाई प्रतिस्थापन गरी पछि पर्यटन नीति–२०६५
तर्जुमा गरिएको ।
– नेपालमा सर्वप्रथम वि.सं. २०२९ मा पर्यटन गुरुयोजना
तर्जुमा गरिएको ।
– सन् १९७८ मा जापानी नागरिक केन्जो टाँगेद्वारा लुम्बिनी गुरुयोजना तर्जुमा गरिएको ।
– पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पर्यटन विकास दूरदृष्टि, २०२० तर्जुमा गरिएको ।
– पर्यटकीय हिसाबले नेपाललाई विश्वमा पहिचान गराउने ब्रान्ड रहेका ।
– ‘भिजन २००५’ नामक पर्यटनसम्बन्धी अवधारणा प्रस्तुत गर्ने व्यक्ति जापानका ताकासी मियाहारा रहेका ।
– नेपालमा वातावरण पर्यटनसम्बन्धी अवधारणा छैटौँ योजनादेखि अवलम्बन गरिएको ।
– नेपालमा आधुनिक पर्यटनको सुरुवात सन् १९५३ मे २९ (सगरमाथाको आरोहणसँगै) देखि भएको मानिने ।
– नेपाल आगमन गर्ने पहिलो पर्यटक भारतका सम्राट् अशोक (इ.पू. २५०) मानिने ।  गोरखापत्र 


No comments:

Post a Comment