प्रेरणादायी भनाइहरु जसले जीवन खुसि र सुखी राख्न मद्दत गर्नेछन : Motivational Tips - DR Kaphle

Breaking

Tuesday, May 18, 2021

प्रेरणादायी भनाइहरु जसले जीवन खुसि र सुखी राख्न मद्दत गर्नेछन : Motivational Tips


खप्तड बाबाले भनेका छन्, ‘सफलताको लागि तीन कुराको आवश्यक हुन्छ– लगाव, निरन्तर प्रयास र ढृढ संकल्प ।’ सफलता(असफलताका विषयमा मात्र होइन, जीवनका अरु आयमिक पाटोबारे पनि यस्ता घतलाग्दा भनाईहरु सुन्न(पढ्न पाइन्छन् । जीवनका कुरा, सुखका कुरा, सम्पतिका कुरा, सम्बन्धका कुरा । यावत् विषयमा विभिन्न चिन्तक, विचारक, दार्शनिक आदिका भनाईहरु हाम्रा निम्ति प्रेरणाको स्रोत बन्न सक्छ । यहाँ त्यस्तै भनाईहरु पेश गरिएको छ: 

–दुनियामा कसैको पनि तुलना नगरौं । जस्तो कि, चन्द्रमा र सूर्यबीच कहिल्यै तुलना हुँदैन । ति आ–आफ्नो समयमा चम्कन्छन् ।

–आफ्नो आत्मविश्वास, कर्म, लगाव र मेहनतले हामी स्वयम् आफ्नो भाग्य कोर्न सक्छौं । तर, हामी आफैले आफ्नो भाग्य लेखेनौं भने परिस्थितीले हाम्रो भाग्य कोरिदिनेछ ।

–संसारमा दुई किसिमका व्यक्ति हुन्छन् । एकथरी, जो दुनियाँ अनुसार आफुलाई बदल्छन् । दोस्रोथरी, जो आफु अनुरुप दुनियाँ बदल्छन् ।

–जिन्दगीमा त्यही व्यक्तिले कहिल्यै गल्ती गर्दैनन्, जसले केही नयाँ काम गर्ने प्रयास गर्दैनन् ।

–सपना त्यो होइन, जो हामी निदाएपछि देख्छौं । सपना त त्यो हो, जसले हामीलाई निदाउन दिदैन ।

–जीवनमा कठिनाई हामीलाई बर्बाद गर्नका लागि आउँदैन । बरु यो त हामीभित्र लुकेको शक्ति र सामाथ्र्य निकाल्न आउँछ ।

–यदि तिमी सूर्य जस्तै चम्कन चाहन्छौं भने त्यसअघि सूर्य जसरी जल्न पनि सक्नुपर्छ ।

–सफल व्यक्तिहरु आफ्नो निर्णयले दुनियाँ बदल्छन् । तर, असफल व्यक्तिहरु दुनियाँको डरले आफ्नो निर्णय बदल्छन् ।

–परीश्रम सौभाग्यको जननी हो

–जिन्दगीको सात मन्त्र –बोल्नुअघि सुन्न सिकौं, खर्च गर्नुअघि कमाउन सिकौं, लेख्नुअघि सम्झन सिकौं, हार मन्नुअघि प्रयास गर्न सिकौं, सम्बन्ध बनाउनअघि त्यसलाई निर्बाह गर्न सिकौं, मर्नुअघि खुलेर बाँच्न सिकौं ।

–सफलताले हामीलाई सबैको सामुन्ने परिचित गराउँछ । तर, असफलताले हामीलाई सबैको परिचय दिलाउँछ ।

–विपरित परिस्थितीमा कति व्यक्ति टुट्छन्, कतिले भने किर्तिमान बनाउँछन् ।

–जति कठिन संघर्ष हुन्छ, जीत उत्तिनै शानदार हुन्छ ।

–कठिन परिस्थिती सबैले झेल्नुपर्छ । फरक त यतिमात्र छ कि, यसबाट कोही खिइएर सकिन्छन्, कोही निखारिएर आउँछन् ।

–त्यही व्यक्ति सफल हुन्छन्, जसको कामले उसलाई अटुट आनन्द दिन्छ ।

No comments:

Post a Comment