पाउलो कोएल्योका जीवन परिवर्तन गर्ने रोचक र प्रेरक भनाईहरु- Motivational Quote - DR Kaphle

Breaking

Saturday, May 22, 2021

पाउलो कोएल्योका जीवन परिवर्तन गर्ने रोचक र प्रेरक भनाईहरु- Motivational Quote

 


सन् १९४७ अगस्ट २४ गतेको दिन ब्राजीलको रियो दे जेनेरियोमा पाउलो कोएल्यो जन्मेका थिए । उनि युवावस्था देखि नै लेखक बन्न चाहन्थ्यो । उनले आफ्नो लक्ष्य जब आमालाइ भने, आमाले उनको खिलाफमा सम्झाए, किनकी उनको परिवार क्याथोलिक भएकोले एकदमै कठोर थियो । फलस्वरूप उनलाई मानसिक अस्पतालमा भर्ना गरे र तीन पटक त्यहॉंबाट भागे । त्यतिबेला उनको उमेर २० बर्षको थियो । यसैबिच उनलाई कानुन पढ्ने स्कूलमा भर्ना गरे, उनका अभिभावकले । यद्यपि, उनले त्यो अध्ययनलाई एकबर्ष पछि छोडिदिए र हिप्पी बनेर दक्षिणी अमेरिका, उत्तरी अफ्रिका, मेक्सिको र युरोप घुमे साथै ड्रग्स पनि खान सुरू गरे ।

ब्राजील फर्के पछि उनले गीतहरू लेख्न र एलिस रेगिना, रिता ली र ब्राजीलियन आइकन राउल सेइसाससँग मिलेर शब्द संयोजन गर्न सुरू गरे । यसका बिच पनि उनको जीवनमा थुप्रै उतार-चढावहरु आए ।

अन्तत्वगत्व, उनले सन् १९८६ मा ‘द पिलग्रिमेज’ अटोबायोग्राफीमा आधारित पुस्तक निकाले । त्यसको एक बर्ष पछि सन् १९८७ मा लेखेको पुस्तक ‘द अलकेमिष्ट’ ले संसार भरि लेखक भनेर चिनायो । यो पुस्तक अन्तराष्ट्रीय बेस्ट सेलर भयो, त्यस पश्चात उनले पछाडी फर्कनु परेको छैन् ।

उनका केही रोचक र प्रेरक भनाईहरु:

१. बहादुर बन । जोखिम उठाउ । अनुभवको स्थान अरु कसैले भर्न सक्दैन ।


२. जब कसैले सोझै दोस्रोको आँखा हेरीरहेको हुन्छ त्यो बेला उसले न केही झुट बोल्न सक्छ न कुनै कुरा लुकाउन सक्दछ ।


३. जब तिमी केही चाहन्छौं तब सारा ब्रह्माण्ड सो को प्राप्तिको निम्ति तिम्रो सहयोगमा लागि पर्नेछ ।


४. इश्वरले हामीलाई दिएको सबैभन्दा ठूलो उपहार भनेको ‘निर्णय लिनसक्ने सामर्थ्य’ हो ।


५. आफ्नो हृदयलाई सुन, यसलाई सबैथोक थाहा छ । जो आफू केही गर्न सक्दैनन् उनीहरु बाटो छेउ उभिएर ढुंगा हान्ने गर्दछन ।


६. यदि तिमि घाम लागेको बखतमा मात्र हिड्ने गर्छौं भने तिमि कहिल्यै पनि गन्तव्यसम्म पुग्न सक्दैनौ ।


७. माफी त देउ तर घटनालाई नबिर्स नत्र फेरी त्यहि घटना दोहोरिन सक्नेछ । माफीले दृष्टिकोण बदल्छ तर भुलिदिनाले तिमीले एउटा पाठ सिक्नबाट बन्चित हुनेछौ ।


८. अरुलाई सम्झाउनमा आफनो समय खेर नफाल मानिस त्यहि मात्र सुन्दछन जे उनीहरु सुन्न चाहन्छन ।


९. कसैले पनि कसैलाई यहाँ गुमाउदैन किनकि कोही पनि कसैको निजि स्वामित्व होइन ।


१०. आफ्नो जिन्दगीमा के चाहन्छ त्यो पूरा गर्नको निम्ति हरेक मानिस आफ्नो जीवनको हरेक कालखण्डमा उ सक्षम रहेको हुन्छ ।


११. पर्फेक्ट मानिसहरु रक्सि पिउदैनन, झगडा गर्दैनन्, झुट बोल्दैनन, गल्ति गर्दैनन्…. अनि यो संसारममा हुदाँपनि हुदैनन् ।


१२. तिमीलाई निच बनाउने शक्ति कसैलाई नदेउ । घृणा गर्ने व्यक्तिहरु त्यो हरुवाहरु हुन्, जसले आफू विजेता भएको नाटक गर्ने गर्दछन ।


१३. हरेस नखाउ; ख्याल गरेका हौला प्रायःजसो चाबीको झुप्पोको अन्तिम चाबीले नै ढोका खोल्ने गर्दछ ।


१४. एउटइ चिज जसले तिमीलाई सफल हुनबाट रोक्दछ- त्यो हो असफल हुने डर ।


१५. यो नविर्स कि सूर्योदय पनि सुदर हुनको निम्ति आकासमा बादलको तह हुनुपर्दछ ।


१६. जिन्दगीमा कुनै क्रिया (cause) छैन भने जिन्दगि प्रतिक्रिया (effect) विहिन हुनेछ ।

No comments:

Post a Comment