डिआर काफ्ले ,
यतिबेला लगातार पेटोलियम पदार्थको मूल्य निरन्तर हप्तै पिच्छे बढ्यो । पेट्रोलको मूल्य संगै हवाई इन्धनको मूल्य अनुसार हावाई भाडा पनि बढिसक्यो । यता सडकमा गुड्ने सवारी साधनको भाडा पनि बृद्दी गर्नुपर्ने माग उठिरहेका छन् । यो संगै दैनिक प्रयोग हुने सामाग्रीको भाउ पनि बढ्ने निश्चित प्राय हो ।
अब कुरा गरौ केहि अगाडिको समयको जहा पेट्रोलको मुल्यमा गिरावट आएको थियो । त्यो समयमा भाडा संगै उपभोग्य वस्तुको मूल्य पनि घट्नु पर्छ भनेर कुनै पनि सरोकार वालाहरुले आवाज उठाएको पाइएन । यसमा सम्बन्धित क्षेत्र संगै अहिलेको जनताको सरकार भनेको के सांचिकै जनताकै लागि हो त भनेर प्रश्न चिन्ह खडा भएको छ ।
इन्धनको मुल्य बढ्दा सवारी भाडा सहित अन्य उपभोग्य वस्तुको मूल्य पनि बढ्ने तर इन्धनको मूल्य घट्दा भने कुनै क्षेत्रको पनि मूल्य घटाउन तिर वास्तै नगर्ने कस्तो बिडम्बना ।
व्यापारीहरूले विभिन्न बहानामा अत्यावश्यक दैनिक उपभोग्य बस्तुको मूल्य आफुखूसी तोक्दा पनि चुपचाप रहने संबन्धित निकायलाई व्यापारी संगको साँठगाँठ त होइन भनेर सहझै अनुमान लगाउन सकिने भएको छ ।
खासमा भन्ने हो भने मूल्य वृद्धिको मापन गर्ने काम नेपाल राष्ट्र बैंकले आफैं गरेको पाइन्छ भने मूल्य नियन्त्रण गर्ने दायित्व पनि राष्ट्र बैंक उसैको हो । तर समय अनुसार र परिस्थिति अनुसार जनताको हितमा त्यसो नभएको पाइन्छ ।
अहिले बजारमा तेल र माछामासुको मूल्य आकासिएको छ । गत वर्षको तुलनामा तेल जन्य पदार्थको मूल्य १८.१४ प्रतिशतले बढेको छ । त्यस्तै फलफूलको मूल्य १८.८४ प्रतिशतले बढेको छ भने दालको मूल्य १०.४१ प्रतिशतले बढेको छ ।
लामो समय बन्दाबंदी भोगेर जसले रोजगार गुमाएका छन् , दैनिक आवस्यकता बाट नै बन्चित भैरहेका छन् त्यस्ता समुदायालाई लक्षित गरेर सरकारले पनि केहि सोचिदिए नेपाली जनताले कति राहातको स्वास फेर्थे होला !
अनि यो इन्धनको मूल्य बढ्दा मूल्य बढाउन हतारो गर्ने व्यवसायीको दिमाखमा इन्धनको मूल्य घट्दा यातायात संगै उपभोग्य वस्तुको भाउ पनि घट्नु पर्छ भनेर किन नआएको होला ?
No comments:
Post a Comment