नयाँ मोबाइल फोन लिनु अघाडी आफुलाई थाहा हुनै पर्ने कुराहरु- Things to know before buying a new mobile phone - DR Kaphle

Breaking

Friday, November 20, 2020

नयाँ मोबाइल फोन लिनु अघाडी आफुलाई थाहा हुनै पर्ने कुराहरु- Things to know before buying a new mobile phone


मङ्सिर ६, मोबाइल फोन र मानिसको सम्बन्ध नङ र मासु जस्तै भइसकेको छ । साँच्चै नै भन्नुपर्दा मोबाइल फोन बिना हामी बाच्न नसकिने अवस्थामा पुगिसकेको छौ ।

बजारमा बिभिन्न ब्रान्डका फोनहरु च्याउ मौलाएसरि मौलाएको छन् । यदि नयाँ फोन किन्ने सोचमा हुनुहुन्छ भने अवस्य नै अलमलमा पर्नु हुनेछ ।

त्यसैले मोबाइल फोन खरिद गर्नु भन्दा पहिला यी कुराहरुमा ध्यान दिनुभयो भने पछि सम्म सन्तुष्ट रहनु हुनेछ ।

१) ब्याट्री – सबै भन्दा पहिला ध्यान दिनु पर्ने कुरा, तपाई कस्तो प्रयोगकर्ता भित्र पर्नु हुन्छ । यदि धेरै एप्लिकेसनहरु चलाउनु हुन्छ, धेरै गेमहरु खेल्नु हुन्छ, युटुबमा धेरै भिडियोहरु हेर्नु हुन्छ भने तपाईलाइ लामो समयसम्म टिक्ने ब्याट्री भएको स्मार्ट फोनको आवस्यक छ भन्ने बुज्नुहोस । तर तपाईलाई सामान्य प्रयोगको लागि चाइएको हो भने त्यही अनुसार क्षमता भएको ब्याट्री रोज्नुहोस् ।

२) क्यामेरा – सबै प्रयोगकर्तामा भ्रम फैलिएको छ कि यदि मेगा पिक्सल धेरै भयो भने फोटो राम्रो आउछ तर मेगा पिक्सल धेरै हुदैमा फोटो राम्रो आउछ भन्ने हुदैन । फोटो राम्रो आउनमा मेगा पिक्सलको साथ साथै आइ एसओ लेबल, एपर्चर, सेन्सर, अटो फोकस, आदिमा निर्भर हुन्छ । त्यसैले किन्नु भन्दा पहिला यी कुरामा ध्यान दिनु पर्छ ।

३) स्टोरेज – मोबाइल फोन मा कति आन्तरिक स्टोरेज छ जान्नु निकै आवस्यक हुन्छ । आन्तरिक स्टोरेजको केहि हिस्सा ओपेरटिंग सिस्टमले खाइ दिन्छ । अनि हामीले चलाउने एप्स, भिडियो, आदिले गर्दा आन्तरिक स्टोरेज छिटै नै भरिन जान्छ । आन्तरिक स्टोरेज भरियो भने एक्स्ट्रा मेमोरी कार्ड हालेर प्रयोग गर्न सकिन्छ । फोन किन्दा आन्तरिक स्टोरेज ३२ जीबी सम्म भएको किन्दा ठिक हुन्छ ।

४) चार्जिंग समय – मोबाइल फोन को ब्याट्रीको छ्मता जति धेरै हुन्छ चार्ज गर्न समय उति नै धेरै लाग्दछ । तर आजकल धेरै मोबाइल फोन कम्पनीहरुले छिटो चार्ज हुने फोन बनाएका छन् जसले चार्ज गर्दा निकै नै छिटो समयमा फुल चार्ज गर्न सकिन्छ । हतारमा भएको बेला छिटो चार्ज निकै नै उपयोगी हुन्छ ।

५ ) प्रोसेसर – प्रोसेसर छान्दा प्रोसीसिंग स्पीड गिगा हर्ट्ज (GHZ) हेरेर मोबाइल फोन किन्नु पर्दछ । जति धेरै स्पीड तेती नै छिटो हुन्छ प्रोसेसर । यदि धेरै फोटो /भिडियो एडिटिङ्ग, अनलाइन गेम, भिडियो ब्राउजिङ्गहरु गरिन्छ भने तेही अनुसारको फास्ट प्रोसेस्सिंग मोबाइल उपयोगी हुन्छ ।

६) डिस्प्ले साइज – फोनमा भिडियो हेर्न, गेम खेल्न, फेसबुक चलाउन स्क्रीन साइज निकै महत्वपुर्ण हुन्छ । तर स्क्रिन ठुलो छ भन्दैमा राम्रो हुन्छ भन्ने हुदैन त्यसको लागि स्क्रिन रेसोलुशन महत्वपुर्ण हुन्छ । ५. ५ देखि ६ इन्च सम्मको एच डी डिस्प्ले भएको फोन छान्दा राम्रो हुन्छ । अनावश्यक ठुलो साइजको डिस्प्ले गोजीमा नआटेर बोक्न नि झन्झट हुन्छ ।

७) अपरेटिङ्ग भर्सन – फोन खरिद गर्नु पहिला फोनको अपरेटिङ्ग भर्सन कति हो जान्नु निकै आवश्यक हुन्छ । बजारमा कति भर्सन सम्मको चल्तीमा छ र भविस्यमा कति चोटी नयाँ अपडेट आउछ त्यो बुजेर फोन खरिद गर्दा राम्रो हुन्छ ।

८ ) –याम – अहिले बजार मा ३-४ जी बि सम्म –याम भएको मोबाइल फोन सजिलै उपलब्ध छ । जति धेरै –याम तेती नै धेरै गेम खेल्दा, भिडियो हेर्दा, ह्याङ्ग हुने कम हुन्छ । अहिलेको सामान्य प्रयोग लाइ मध्यनजर गर्ने हो भने १ जी बि –याम देखि माथिको फोन किन्दा राम्रो हुन्छ ।

९) बजेट – फोन किन्दा आफु संग कति बजेट छ त्यही अनुसार निर्णय गर्नु पर्छ । आफ्नो बजेट अनुसारको फोन खोज्ने र बिभिन्न साइटहरुमा गई पुरानो प्रयोगकर्ताको रिभिउ हेर्ने । जति धेरै दाम त्यति नै धेरै फिचरहरु अवस्य हुन्छन । तर आफुलाई के कति फिचर भएको फोन चाइएको छ अनि आफु संग के कति बजेट छ तेही अनुसार निर्णय लिनु पर्दछ ।एजेन्सी 

No comments:

Post a Comment