स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग्यो १ सय ९१ कर्मचारी - The Ministry of Health and Population has asked for 191 employees - DR Kaphle

Breaking

Friday, November 6, 2020

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग्यो १ सय ९१ कर्मचारी - The Ministry of Health and Population has asked for 191 employees

 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागसहित देशका सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ।

कोरोना महामारी नियन्त्रण अभियानलाई थप सशक्त बनाउन भन्दै मन्त्रालयले ३ महिनाका लागि विभिन्न पदमा १ सय ९१ कर्मचारी माग गरेको हो।


बिहीबार सूचना प्रकाशन गर्दै मन्त्रालयले इच्छुक र योग्य नागरिकलाई पदमा दरखास्त दिन आह्वान गरेको हो।

बिरामी प्रोफाइल, प्रयोगशालासम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतका लागि कर्मचारी आवश्यक भएकाले कर्मचारी माग गरिएको मन्त्रालयले जनाएको छ।

No comments:

Post a Comment