सर्बत्र बिरोध पछी ,जिल्ला प्रशासन कार्यलयले भन्यो पिसिआर रिपोर्ट अनिवार्य भनिएको होइन - Syangja District Office - DR Kaphle

Breaking

Friday, October 16, 2020

सर्बत्र बिरोध पछी ,जिल्ला प्रशासन कार्यलयले भन्यो पिसिआर रिपोर्ट अनिवार्य भनिएको होइन - Syangja District Office

कार्तिक १ ,  स्याङ्जा प्रवेश गर्दा पिसिआर रिर्पोट अनिवार्य नभए पनि हुने भएको छ । बिज्ञप्ति जारि गर्दै जिल्ला प्रशासन कार्यालयले सो कुरा जनाएको हो |  

यस अगाडी  जिल्ला प्रशासन कार्यालयले बिज्ञप्ति जारी गर्दै  जिल्ला प्रवेश गर्दा कार्तिक १ गते देखि ७२ घण्टाभित्रको पिसिआर रिर्पोट साथमा हुनुपर्ने बताएको थियो | पिसिआर रिपोर्ट नभएमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो | यसको  सामाजिक सञ्जालमा सर्बत्र  विरोध भएको थियो ।

 स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले एक विज्ञप्ति जारी गर्दै जोखिमपूर्ण क्षेत्रहरुबाट आउनेहरुको लागि मात्रै  पिसिआर रिर्पाट लिएर जिल्ला आउन अनुरोध मात्रै गरिएको बताएका छन्  ।

बिज्ञप्तिमा भनिएको छ ,  'कात्र्तिक २७ गते जिल्ला समन्वय समितिको सभाहलमा आयोजित सर्वपक्षीय बैठकको निर्णयानुसार स्याङ्जा जिल्लालाई कोरोना संक्रमणबाट सुरक्षित राख्न सबैलाई जो जहाँ छ त्यही बसी चाडपर्व मनाउन अनुरोध गरिएको हो । जिल्ला आउन परेमा कोरोना संक्रमण बढी भएको भारत, तेस्रो मुलुक र काठमाडौं उपत्यका लगायतका जोखिमपूर्ण स्थानहरुबाट आउने महानुभावहरुका लागि मात्र आफू र समुदायलाई सुरक्षित भएको आश्वात पार्न यथासम्भव आरडिटी पिसीआर रिर्पोट नेगेटिभ लिएर जिल्ला आउन अनुरोध गरिएको र अन्यथा यस्ता बढी जोखिम क्षेत्रबाट आउनेहरुलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको हो । यो सर्वसाधारणमा गरिएको अफिल वा आग्रह मात्र हो ।'

बिज्ञप्तिमा थप भनिएको छ , सिद्धार्थ राजमार्ग भएर अन्य जिल्ला जान आउन, जिल्ला भित्र प्रवेश गर्न तथा बाहिर जान, स्वास्थ्य प्रेटोकल पालना गरी यातायात संचालन गर्न तथा बजार खोल्न रोकतोक लगाउने गरी कुनै आदेश गरी नगरिएको व्यहोरा समेत स्पष्ट पारिएको व्यहोरा अनुरोध छ । 

यो संगै स्याङ्गजा प्रवेश गर्न पिसिआर रिपोर्ट अनिबार्य भएको छैन | 


No comments:

Post a Comment