शिक्षक, कर्मचारी तथा क्याम्पस प्रमुखलाई कारबाही गर्ने त्रि वि को चेतावनी , त्रि वि सूचना - TU Notice - DR Kaphle

Breaking

Friday, February 7, 2025

शिक्षक, कर्मचारी तथा क्याम्पस प्रमुखलाई कारबाही गर्ने त्रि वि को चेतावनी , त्रि वि सूचना - TU Notice


त्रिभुवन विश्वविद्यालयले एक सूचना जारी गर्दै रजिष्ट्रेशन फाराम सिफारिस गर्ने शिक्षक, कर्मचारी तथा स्वीकृति गरी  कार्यालयमा पठाउने क्याम्पस प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

त्रि वि ले  २०८१ माघ ११ गते पछि भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेशन फाराम भरेको पाएइमा रजिष्ट्रेशन फाराम सिफारिस गर्ने शिक्षक, कर्मचारी तथा स्वीकृति गरी यस कार्यालयमा पठाउने क्याम्पस प्रमुखलाई नियमानुसार कारवाही गर्ने जनाएको हो । 

 २०८१ सालको भर्ना सम्बन्धी जारी सूचना अनुसार वार्षिक प्रणाली अन्तर्गत ४ वर्षे स्नातक तह प्रथम वर्षको भर्ना अवधि २०८१ माघ ११ गतेसम्म कायम गरिएको र परीक्षा नियन्त्रण कार्यालय, बल्खुले जारी गरेको सूचना अनुसार वार्षिक परीक्षा प्रणाली अन्तर्गत स्नातक तहमा भएका विद्यार्थीहरुको २०८१ माघ ११ गतेसम्म भर्ना गर्ने सूचना अनुसार २०८१ फाल्गुण १५ गतेसम्म नियमित र फाल्गुण १६ गतेदेखि फाल्गुण मसान्तसम्म दोब्बर दस्तुर सहित रजिष्ट्रेशन फाराम भर्ने पूर्व प्रकाशित सूचना अनुसार २०८१ माघ ११ गते पछि भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेशन फाराम भरेको पाएइमा उक्त कारबाही गरिने जनाएको हो ।

साथै त्यसरी दर्ता हुन आएका विद्यार्थीहरुको रजिष्ट्रेशन समेत रद्द गरिने त्रि वि ले जनाएको छ ।
सूचनामाभनिएको छ : 

''त्रिभुवन विश्वविद्यालयद्वारा २०८१ सालको भर्ना सम्बन्धी जारी सूचना अनुसार वार्षिक प्रणाली अन्तर्गत ४ वर्षे स्नातक तह प्रथम वर्षको भर्ना अवधि २०८१ माघ ११ गतेसम्म कायम गरिएको र त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय, बल्खुले जारी गरेको सूचना अनुसार वार्षिक परीक्षा प्रणाली अन्तर्गत स्नातक तहमा भएका विद्यार्थीहरुको २०८१ माघ ११ गतेसम्म भर्ना गर्ने सूचना अनुसार २०८१ फाल्गुण १५ गतेसम्म नियमित र फाल्गुण १६ गतेदेखि फाल्गुण मसान्तसम्म दोब्बर दस्तुर सहित रजिष्ट्रेशन फाराम भर्ने पूर्व प्रकाशित सूचना अनुसार २०८१ माघ ११ गते पछि भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेशन फाराम भरेको पाएइमा रजिष्ट्रेशन फाराम सिफारिस गर्ने शिक्षक, कर्मचारी तथा स्वीकृति गरी यस कार्यालयमा पठाउने क्याम्पस प्रमुखलाई नियमानुसार कारवाही गरिनुका साथै त्यसरी दर्ता हुन आएका विद्यार्थीहरुको रजिष्ट्रेशन समेत रद्द गरिने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।''


No comments:

Post a Comment